काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले दोस्रो खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल भइरहेको छ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी खेलमा सुदूरपश्चिमले कर्णालीलाई १४० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो ।
उसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन जोडे । यस्तै, आरिफ शेखले २७, हरमित सिंहले १९, क्रिश लिनले १८, बिनोद बण्डारीले ११ रन बनाए ।
बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई तथा मार्क वाट, बिपिन शमा र युवराज खत्रीले एक–एक सफलता हात पारे ।










