३० श्रावण २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । केहीबेरमै सुरु हुने खेलमा कर्णालीले पहिला फिल्डिङ गर्ने भएको छ ।

कर्णालीका कप्तान सोमपाल कामीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

रोयल्सले पहिलो दुई खेल जितिसकेको छ । रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाज र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।

पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको कर्णालीले अघिल्लो खेलमा लुम्बिनी लायन्सलाई हराएको थियो ।

रोयल्स र कर्णालीले अघिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेको छैन ।