९ श्रावण २०८३, शनिबार
,
Latest
सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित



अ+ अ-

काठमाडौँ । मलेसियामा हालै आएको बाढीको कारण दश हजार भन्दा बढी मानिसहरूलाई विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबै भन्दा बढी प्रभावित भएको अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।

लामो समय देखि भइरहेको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित आठ हजार २४८ जनालाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेकर्ड सार्वजनिक गरिएको छ । अधिकारीहरूका अनुसार विस्थापितहरूलाई ३३ वटा अस्थायी बाढी पिडित राहत केन्द्रमा सारिएको छ ।

मलेसियाको मौसम विभागले हाल निरन्तर रुपमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरिरहेको छ ।

यस अघि सन् २०१४ डिसेम्बरमा, मलेसियामा आएको अप्रत्यासित बाढीको कारण लगभग चार लाख मानिसहरू विस्थापित हुनुका साथै मनवीय तथा भौतीक क्षतीको सामना गरेका थिए ।