१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित



अ+ अ-

काठमाडौँ । मलेसियामा हालै आएको बाढीको कारण दश हजार भन्दा बढी मानिसहरूलाई विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबै भन्दा बढी प्रभावित भएको अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।

लामो समय देखि भइरहेको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित आठ हजार २४८ जनालाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेकर्ड सार्वजनिक गरिएको छ । अधिकारीहरूका अनुसार विस्थापितहरूलाई ३३ वटा अस्थायी बाढी पिडित राहत केन्द्रमा सारिएको छ ।

मलेसियाको मौसम विभागले हाल निरन्तर रुपमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरिरहेको छ ।

यस अघि सन् २०१४ डिसेम्बरमा, मलेसियामा आएको अप्रत्यासित बाढीको कारण लगभग चार लाख मानिसहरू विस्थापित हुनुका साथै मनवीय तथा भौतीक क्षतीको सामना गरेका थिए ।