२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात



अ+ अ-

काठमाडौँ । नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात गरेको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उर्जासचिव चिरञ्जीवि चटौतले उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार विद्युत व्यापारतर्फ नेपालले पहिलो त्रैमासिकमा १,८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात गरेको छ । मनसुन अवधिमा देशभित्र पर्याप्त उत्पादन हुने भएकाले आयात अत्यन्त न्युन रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार हालसम्म नेपालले जम्मा २.८ गिगावाट–आवर मात्र विद्युत आयात गरिएको छ । पहिलो त्रैमासिकमा ८६ मेगावाट विद्युत उत्पादन थपिएको सचिव चटौतले जानकारी दिनुभयो । उहाँकाअनुसार ६६ केभी तथा माथिल्लो भोल्टेजका ३६ किलोमिटर ट्रान्समिशन लाइन तथा ३३ केभीका १३१ किलोमिटर ट्रान्समिशन लाइन निर्माण सम्पन्न भएको छ । मन्त्रालयले उर्जातर्फ विनियोजित ६ अर्ब ३० करोड ८० लाख रुपैयाँ बजेटमध्ये १५ दशमलब १६ प्रतिशत खर्च गरेको छ । उर्जा क्षेत्रमा भएको ४२ अर्ब २ करोड ४३ लाख रुपैयाँ वित्तीय लगानीमध्ये हालसम्म ६ दशमलव ५४ प्रतिशत प्रगति देखिएको उर्जासचिव चटौतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘उर्जातर्फ बजेट ६ अर्व ३० करोड ८० लाख थियो । हालसम्मको प्रगति १५ दशमलब १६ प्रतिशत रहेको छ । त्यस्तै गरेर उर्जातिरको वित्तीय लगानी ४२ अर्व दुई करोड ४३ लाख रुपैयाँ छ । यो मुख्य गरी नेपाल विद्युत प्राधिकरणको लागी हो । यसको हालसम्मको प्रगति ६ दशमलब ५४ प्रतिशत छ । यस्तै गरेर केही हामीले मुख्य सुचकहरु राखेका थियौँ । यसमा विद्युत उत्पादन तर्फ ८६ मेगावाट पहिलो त्रैमासिकमा उत्पादन गरेका थियौँ । ६६ केभी र त्यो भन्दा माथीको ३६ किलोमिटरजति ट्रान्समिसन लाईन निर्माणको काम भएको छ । ३३ केभी ट्रान्समिसन लाईनमा १३१ किलोमिटर ट्रान्समिसन लाईन निर्माणको कार्य भएको छ । विद्युत निर्याततर्फ हामीले १ हजार ८०५ गिगावाट आवर निर्यात गरेको अवस्था छ । आयात चाँही वर्षतको समयमा हामीलाई पुग्ने उत्पादन हुने र निर्यात नै गर्ने भएको हुनाले कुनै बेला कुनै ठाउँमा त्यस्तो अवस्थामा जम्मा २ दशमलब ८ गिगावाट आवर जति हामीले विद्युत आयात गरेको अवस्था छ ।’ 

उहाँले उर्जातर्फ बजेट रोकावटको कुनै समस्या नरहेको जानकारी दिनुभयो । बजेट रोकिएर उर्जा क्षेत्रका परियोजना प्रभावित नभएको उहाँको भनाई छ ।




भर्खरै