२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति पुनले वेमौसमको बाजा बजाएपछि…



अ+ अ-

काठमाडौँ । चीनको वुहान सहरमा डिसेम्बरको अन्तिम हप्तादेखि कोरोना भाइरसको प्रकोप शुरु भयो । डिसेम्बर महिनामै केही चिनियाँको ज्यान पनि गयो । त्यसलगत्तै विश्वका देशहरुले चीनप्रति सहानुभूति व्यक्त गर्ने र रोगका विरुद्ध लड्नका लागि आफूहरु पनि चीनको पक्षमा रहेको भन्दै ऐक्यबद्धता जनाउँदै चीन सरकारलाई सन्देशहरु पठाउन थाले । नेपालले पनि त्यसै समयमा ऐक्यवद्धता जनाउँदै चिनियाँ नागरिक तथा सरकारप्रति सहानुभूति व्यक्त गरी पत्र पठायो । उक्त सन्देश नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारका तर्फबाट चीनका राष्ट्रपति सि चिनफिङमार्फत चीन सरकार र चिनियाँ नागरिकलाई सो सन्देश पठाइन् ।

जुन कूटनीतिक मर्यादाका लागि एक छिमेकीलाई गर्नुपर्ने हुन्छ, उनले गरिन् । तर अहिले फेरि नेपाल सरकारका तर्फबाट भन्दै अर्को पत्र गएपछि भने चिनियाँ सरकारलाई अन्योल भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि नेपाल सरकारका तर्फबाट भन्दै यही मार्च ६ तारिखमा चीनका उपराष्ट्रपति वाङ छिसानलाई सो पत्र पठाएका छन् । उपराष्ट्रपतिले पनि यस्तो अप्ठेरो अवस्थामा चीनलाई सान्त्वना सन्देश दिनु नराम्रो त होइन ।

तर पनि यसअघि राष्ट्रपतिले नै ‘नेपाल सरकारका तर्फबाट’ भन्दै पठाइसकेकी र अहिले उपराष्ट्रपतिले फेरि नेपाल सरकारका तर्फबाटै भनेर पठाउँदा कूटनीतिक रुपमा यसलाई कुन आधिकारिक मान्ने भन्ने दुविधा भएको चिनियाँ पक्षको भनाई छ । कूटनीतिक रुपमा विदेशीलाई लेखिने यस्ता पत्रमा राष्ट्रपतिमार्फत नेपाल सरकारका तर्फबाट भनेर गएपछि त्यसपछिका अरु कुनै पत्रको अर्थ नै रहँदैन । यस्तो पत्र लेख्न उनलाई कसले लगायो ? परराष्ट्र मन्त्रालयलाई थाहा दिएर पठाए या आफै भन्ने कुरा पनि संकास्पद रहेको छ ।

उता यस्ता पत्राचारहरु गर्दा नेपालको परराष्ट्र मन्त्रालयमार्फत मात्र गर्ने गरिएकोमा यसरी दुविधायुक्त रुपमा दुइ दुइ ओटा पत्र लेख्दा परराष्ट्र मन्त्रालयले के हेर्यो भन्ने प्रश्न पनि यसैसाथ उठेको छ । यदि परराष्ट्रर्फत नै यो पत्र पठाइएको भए थाहा पाएर नै यो पत्र पठायो कि पहिले राष्ट्रपति भण्डारीले नै यस्तो पत्र पठाएको जानकारी नै उपराष्ट्रपतिलाई गराएन भन्ने प्रश्न परराष्ट्रमाथि पनि उठेको कूटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।