२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झगडापछि एक युवकको मृत्यु



अ+ अ-

दोलखा । यहाँको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको छ ।

विगु गाउँपालिका–२ वराङका २२ वर्षीय धीरज ठकुरीको मृत्यु भएको हो । स्थानीयका अनुसार दुई दिनअघि गाउँकै २९ वर्षीय नारायण तामाङसँग झगडापछि ठकुरी बिरामी परेका थिए ।

उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकामा ठकुरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अस्पतालको प्रारम्भिक ‘एक्सरे रिपोर्ट’मा मृतकको छातिको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

मृतकको शव परीक्षणका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल ल्याइएको छ । ठकुरीसँग झगडा गरेका तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले घटनाबारे अनुसन्धान भइरहेको र शव परीक्षण रिपोर्ट पश्चात मृत्युको कारण खुल्ने प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताउनुभयो ।