२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज होः बाबुराम भट्टराई



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज भएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित सो पार्टीको घोषणा सभामा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । पूर्वप्रधानमन्त्री भट्टराईले प्रलोपलाई जेनजी पुस्ताको पार्टी भन्नुपर्ने जिकिर समेत गर्नुभयो । प्रलेपालाई जेन–जी पुस्ताको पार्टी हो भनेर नबुझने हो भने त्यसको कुनै अर्थ नहुने उहाँको जिकिर थियो । पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको आवाज र मागलाई सो पार्टीले पूरा गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो पार्टी भनेको जेन–जी आन्दोलनको उपज हो । र जेन–जी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ । यदि यो कुरा बुझिएन र मैले मेरो आफ्नै बखान गर्ने, अर्कोको अर्को बखान गर्दै हिँडने हो भने हुँदैन । अबको यो पार्टीको एजेण्डा भनेको जेन–जी पुस्ताको चेतनासँग, त्यसको आवाजसँग, यो युगसँग जोडिएका कुराहरु यसले पूरा गर्नसक्छ कि सक्दैन ?’

पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरु मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको समेत बताउनु भयो ।