२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणाः पूर्वप्रधानमन्त्री भट्टराई अभिभावकीय भुमिकामा



अ+ अ-

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमका बीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नुभएका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गर्नुभएको थियो । सो पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरु रहनेछन् ।  नेतृ दुर्गा सोवको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व  समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताउनु भयो ।