२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो



अ+ अ-

काठमाडौँ । सीताराम विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ ।

जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो । भारत, सुरतको जीन माता ट्रस्टले पठाएको उक्त चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिनुभयो ।

जीन माता ट्रस्टले यस अघि पनि सयौँ मन्दिरहरुमा चुनरी चढाउँदै आइरहेको छ । पछिल्लो वर्ष समेत विवाहपञ्चमीको अवसरमा चुनरी अर्पण गरेको ट्रष्टले यस वर्ष पनि जानकी मन्दिरमा पनि चुनरी चढाइएको हो ।