९ श्रावण २०८३, शनिबार
,
Latest
डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको निष्कर्षः वर्तमान राजनीतिको उचित निकास नै निर्वाचन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । जेन–जी आन्दालनपछि विकसित राजनितिको उचित निकास निर्वाचन नै भएको उहाँले बताउनु भयो । उहाँले अन्तरिम सरकार गठन तथा प्रतिनिधि सभा विघठनको विषय राजनीति मात्रै नभई संवैधानिक पनि भएकोले सवोच्च अदालतले यसको अन्तिम व्याख्या गर्ने बताउनु भयो । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन भएको ठहर गर्दै नेपाली काँग्रेस निर्वाचनमा भाग लिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनमा उठाइएको आवाजलाई संस्थागत रुप दिँदै देशलाई अघि बढाउन सकिने उहाँले बताउनु भयो । काँग्रेसले निर्वाचनको लागि उचित वातावरण बनाउन समेत सरकारसँग माग गरेको छ । हजारौँ कैदीबन्दी जेल बाहिर हुनु, आन्दोलनका क्रममा लुटिएका हात हतियार फिर्ता ल्याउन नसक्नु, राजनीतिक दलहरुका कार्यक्रममा अवरोध गर्नु जस्ता कार्यले निर्वाचनको लागी उचित वातावरण नभएको काँग्रेसले जनाएको छ ।

उहाँले भन्नुभयो, ‘अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघठन र निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा यो विषय राजनीति मात्रै नभई संवैधानिक पनि भएको र सम्मानित सवोच्च अदालतमा यो विषय विचारधीन रहेकोले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली काँग्रेस विश्वास गर्दछ । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा वर्तमान राजनितिको् उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ । निर्वाचन मार्फत नै संविधानको रक्षा तथा जेनजी प्रर्दशनका क्रममा परिवर्तनमा उठाईएको आवाजलाई संस्थागत रुप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो भएका दृढ विश्वास रहेको छ ।’ 

काँग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी निर्वाचन आयोग दर्ता गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलनमा भएका मृतकहरुलाई क्षतिपुर्ती दिन र घाईतेहरुको उचित उपचार गर्न, भदौ २४ गते भएको आगजानी, लुटपाट र आक्रमणमा संलग्नलाई कारबाही गर्न, आर्थिक क्षति पुगेका व्यवसायिक प्रतिष्ठानलाई उचित क्षतिपूर्ति प्रदान गरी लगानीको वातावरण बनाउन पनि काँग्रेसले सरकारसँग माग गरेको छ । काँग्रेसले सबै पक्षलाई संयमित भएर आफ्ना गतिविधि सञ्चालन गर्न पनि आग्रह गरेको छ ।