९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाटको शतकमा कर्णालीले लुम्बिनीलाई ९ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले पहिलो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको हो । १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मार्क वाटले शतकीय इनिङ्स खेले । जारी प्रतियोगितामा वाटले मात्र शतक बनाएका छन् । वाट ११४ रनमा अविजित रहे । ४४ बल खेलेका उनले १२ छक्का र ६ चौका प्रहार गरे ।

यस्तै, विलियम बोसिस्टो २९ रनमा अविजित रहँदा प्रियांक पाञचालले १२ रन जोडे । बलिङतर्फ एकमात्र विकेट शेर मल्लले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन जोड्यो ।

उसका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, बिपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए ।

यसअघिको खेलमा कर्णाली चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई नै ६ विकेटले हराएको थियो ।