२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीद्वारा कर्णालीसामु १५७ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा लुम्बिनीले कर्णालीलाई १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन जोड्यो ।

उसका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, बिपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए ।