२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

एमालेको ओरालो यात्रामा ओलीले उठाएको जोखिम

एमालेको ओरालो यात्रामा ओलीले उठाएको जोखिम
अ अ+ अ-

काठमाडौं । जेन–जीको विद्रोहपछि राज्यसत्ताबाट बाहिरिएको नेकपा एमाले अहिले अप्ठ्यारो अवस्थामा छ । सरकारले घोषणा गरेको फागुन २१ गतेको चुनावमा सहभागी हुने कि नहुने भन्ने निर्णय गरेको छैन । सार्वजनिक कार्यक्रम गर्न पनि एमालेले अवरोध खेपिरहनुपरेको छ ।

परम्परागत राजनीतिक दलहरुप्रति जनताको विश्वास गुम्दै गएका बेला लामो समय सत्तामा बसेर अहिले बाहिरिएको एमालेले भोलेन्टियर फोर्स गठन गरेको छ । त्यो पनि कुन दिनमा भने विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको दिन अर्थात मंसिर ५ गते । शान्ति सम्झौताका कतिपय नसुल्झिएका मुद्दा यथावत् रहेका बेला एमालेले भोलेन्टियर फोर्स गठन गरेको हो ।

द्वन्द्वपीडितहरूमध्ये सबैभन्दा संवेदनशील युद्धका बलात्कार पीडित महिलाले अहिलेसम्म पीडितको पहिचान समेत पाएका छैनन् । उनीहरूको असाध्यै कष्टप्रद र पीडादायी जीवन छ । माओवादीको तत्कालीन सशस्त्र युद्धको असर अहिले पनि सकिएको छैन । एमालेले घोषणा गरेको भोलेन्टियर फोर्स पनि कतै लडाकु दस्ता त होइन भन्ने प्रश्न उठेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो दस्ता घोषणा किन गरे भन्ने स्पष्ट छैन । एमाले अहिले ओरालो यात्रामा छ । संघीय सरकार त गुमाएको छ नै मधेश प्रदेशमा लगातार प्रदेश प्रमुख र सभामुख गुमाइसकेको एमाले मुख्यमन्त्री पनि गुमाउने अवस्थामा छ । जनतामा एमाले निर्वाह गरेको भूमिका सकारात्मक छैन । त्यसमाथि यो कठिन घडीमा किन भोलेन्टियर फोर्स घोषणा गर्‍यो भन्ने प्रश्न उठेको छ ।

एमालेले घोषणा गरेको भोलेन्टियर फोर्स संस्थागत निर्णय हो कि होइन भन्ने पनि कुरा उठेको छ । विशेष गरी अध्यक्ष ओली र नेता महेश बस्नेतको जोडबलमा यो फोर्स घोषणा गरिएको देखिन्छ । किनी बिहीबार मात्रै बसेको सचिवालय बैठकमा सदस्यहरुले भोलेन्टियर फोर्स घोषणाले देशलाई नयाँ द्वन्द्वमा लैजाने भन्दै विरोध गरेको बताइएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईले समानान्तर राज्यको अभ्यास गर्नेगरी पार्टीले कुनै फोर्स बनाउन नहुने अडान लिएका थिए ।

‘हाम्रा संगठनहरू निर्माण गर्दा पार्टीको राजनीतिक कार्यदिशा, नीति र संविधानका परिधिहरूलाई ध्यान दिएर चल्नुपर्छ,’ नेताहरुले भनेका थिए, ‘यस्ता संस्था प्रकोपका बेला बनाउन सकिन्छ, तर फरक प्रयोजनमा बनाइनु राम्रो होइन ।’ तर आफ्नै विश्वास पात्र महेश बस्नेतले अगाडि बढाएको फोर्स घोषणाको निर्णयबाट पछि हट्न ओली तयार भएनन् ।

अध्यक्ष ओलीले शान्ति सुव्यवस्था कायम गर्न फोर्स बनेको दाबी गरे पनि यसबाट पार्टीका नेताहरू भयभीत बनिसकेका छन् ।

नेताहरुका अनुसार फोर्सको औपचारिक घोषणा हुनुअघि नै आर्थिक संकलनको उर्दीले नेताहरू त्रसित बनिसकेका छन् । स्रोतका अनुसार ओलीको सुरक्षामा खटिएका स्वयम् सेवकहरुका निम्ति भनेर आर्थिक संकलनको उर्दी गरिएको छ ।

त्यसो त यसअघि पनि ओलीले पटक–पटक सुरक्षा दस्ता बनाउने र प्रहरीको समेत सुरक्षा गर्ने बताइसकेका थिए । सुव्यवस्था खल्बल्याउन नभई कायम गर्न फोर्स गठन गरेको जतिसुकै जिकिर गरे पनि यसअघि पटक–पटक प्रधानमन्त्री बनिसकेका ओलीको बोली–व्यवहारले विधिको शासनमाथि चुनौती दिएको छ । उनले यो फोर्सको दुरुपयोग गर्ने सम्भावना कायमै रहेको जानकारहरु बताउँछन् ।

भोलिन्टियर फोर्सको नेतृत्व पनि ओलीले विवादित पात्रलाई दिएका छन् । ज्यान मार्ने उद्योग र अपहरणसहित सात वटा मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई एमालेले फोर्सको कमाण्डर बनाएको हो । अध्यक्ष ओलीले श्रेष्ठलाई झण्डा थमाएर फोर्सको नेतृत्व सुम्पिएका छन् ।

यो फोर्स गठन र श्रेष्ठलाई नेतृत्व सुम्पने गृहकार्यका निम्ति ओली स्वयमले निकै मेहनत गरेका थिए । तयारी बैठकहरुमा आफैं बस्दै आएका ओलीले अब जनताको सुरक्षा एमालेले गर्ने र त्यसका निम्ति स्वयं सेवक दस्ता बनाइएको बताउने गरेका थिए । तर विवादित र फौजदारी आरोपको मुद्दा खेपिरहेका व्यक्तिलाई नेतृत्व सुम्पिएपछि यो फोर्सले जनताको रक्षा गर्छ कि अपराध भन्ने प्रश्न पनि उठेको छ ।

अध्यक्ष ओलीले अहिले भोलेन्टियर फोर्स घोषणामा मात्र होइन, पार्टीका अन्य कार्यक्रममा पनि आफ्नो पार्टीका पदाधिकारीहरुसँग देखिन छाड्नुभएको छ । ओली सहभागी कार्यक्रममा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीबाहेकका पदाधिकारी प्राय: देखिँदैछन् । किनकी ओलीले पोखरेल र ज्ञवालीबाहेकका नेताहरुलाई विश्वास गर्न छाडेका मात्र छैनन् अरुले पनि ओलीको भर पर्न छोडेको छ ।

आलोचनाको केन्द्रमा रहेर पनि ओलीले जोखिम उठाउन छाडेका छैनन् । दुई कार्यकालसम्म पार्टीको नेतृत्व गरिरहेका ओलीले फेरि तेस्रो कार्यकालका लागि चुनाव लड्ने मनस्थितिमा छन् । यही मंसिर २७ गतेदेखि काठमाडौंमा हुने ११औं महाधिवेशनमा उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने बताइसकेका छन् । तर ओलीले ओरालो लागेको एमालेलाई जोखिमपूर्ण बनाउँदै महाधिवेशनमा चुनावी प्रतिस्पर्धाको वातवारण बनाउँर्दै लगेका छन् ।