२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीतु आत्महत्या प्रकरणः ३ लाख धरौटीमा रिहा भए बाबुल



अ+ अ-

काठमाडौं । गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) धरौटीमा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। गिरीले नीतुको आत्मदाहमा आफू जिम्मेवार रहेको स्वीकारेका छन्।

स्रोतका अनुसार, बाबुल र नीतु केही समयदेखि प्रेम सम्बन्धमा थिए। अदालतमा दिएका बयानमा गिरीले प्रेमिकाको चाहना समयमै गम्भीरतापूर्वक नलिनु नै आत्मदाहको कारण भएको स्वीकार गरेका थिए।

अदालतले प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थालाई ध्यानमा राख्दै मुद्दाको पुर्पक्षका लागि धरौटीमा रिहा गर्न आदेश दिएको हो।

घटना कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा भएको थियो, जब गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्।

उनको उपचार बर्न अस्पताल, कीर्तिपुरमा गरिएको थियो, तर कात्तिक ७ गते उपचारको क्रममा उनको निधन भएको थियो।

पौडेलको निधनपछि गिरी आफैं जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए।