४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

पर्थ टेस्टः इङ्ग्ल्याण्ड १७२ रनमा अलआउट, स्टार्कले लिए ७ विकेट

पर्थ टेस्टः इङ्ग्ल्याण्ड १७२ रनमा अलआउट, स्टार्कले लिए ७ विकेट
अ+ अ-

काठमाडौँ । अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीचको एशेज सिरिजको पहिलो खेल पर्थमा जारी छ। आज खेलको पहिलो दिन हो र इंग्ल्यान्ड दोस्रो सेसनमै १७२ रनमा अलआउट भयो।

अष्ट्रेलियाका पेसर मिशेल स्टार्कले ७ विकेट लिए। उनले एशेजमा आफ्नो १०० औं विकेट पनि पुरा गरे।

शुक्रबार खेलको पहिलो दिन इंग्ल्यान्डले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गर्यो। यो निर्णय टोलीका लागि गलत सावित भयो। टोलीका उपकप्तान ह्यारी ब्रुक बाहेक अरु कुनै खेलाडीले ठूलो पारी खेलेनन्। पोप ४६ रन बनाएर आउट भए।

इंग्ल्यान्डलाई सुरुवातमै झट्का लाग्यो, जब मिशेल स्टार्कले ज्याक क्राउलीलाई पहिलो ओभरमै शून्यमा एलबीडब्लु गरे। त्यसपछि उनले बेन डकेट (२१) लाई आउट गरे। र त्यसपछि जो रुट खाता नखोली स्लिपमा लाबुशेनको हातमा क्याच आउट भए ।

त्यसपछि ब्रुकले ओली पोपसँग चौथो विकेटको लागि ५५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले। तर यस साझेदारीलाई क्यामेरन ग्रीनले तोडे, जब उनले पोपलाई ४६ रनमा एलबीडब्लु गरे।

हाल एशेज सिरिज अष्ट्रेलियाको हातमा छ। एशेज सिरिजको ट्रफी हाल अष्ट्रेलियाकै हातमा छ। टोलीले २०२१ सिजनमा ५ खेलमध्ये ४ खेल जितेको थियो भने १ खेल ड्र भएको थियो।

त्यसपछि २०२३ को सिरिज २–२ को बराबरीमा रह्यो । अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीच भएका एशेजमा अष्ट्रेलिया भारी छ। अहिलेसम्म दुबै देशबीच ७३ सिरिज खेलिएका छन्। यसमध्ये अष्ट्रेलियाले ३४ सिरिज जितेको छ भने इङ्ग्ल्याण्डले ३२ सिरिज जितेको छ। बाँकी ७ सिरिज ड्र भएका थिए।

१८८२ मा सुरु भयो द एशेज
विश्वको सबैभन्दा पुरानो सिरिज द एशेजको सुरुवात १८८२ मा भयो। यद्यपि, अष्ट्रेलिया–इङ्ग्ल्याण्ड १८७७ देखि टेस्ट सिरिज खेल्दै आएका छन्।

विश्वको पहिलो टेस्ट खेल पनि यिनै देशबीच खेलियो। यो खेल १५–१९ मार्च १८७७ मा मेलबर्नमा भयो। पाँच वर्षपछि यसलाई ‘द एशेज’ नाम दिइयो।