२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्थ टेस्टः इङ्ग्ल्याण्ड १७२ रनमा अलआउट, स्टार्कले लिए ७ विकेट



अ+ अ-

काठमाडौँ । अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीचको एशेज सिरिजको पहिलो खेल पर्थमा जारी छ। आज खेलको पहिलो दिन हो र इंग्ल्यान्ड दोस्रो सेसनमै १७२ रनमा अलआउट भयो।

अष्ट्रेलियाका पेसर मिशेल स्टार्कले ७ विकेट लिए। उनले एशेजमा आफ्नो १०० औं विकेट पनि पुरा गरे।

शुक्रबार खेलको पहिलो दिन इंग्ल्यान्डले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गर्यो। यो निर्णय टोलीका लागि गलत सावित भयो। टोलीका उपकप्तान ह्यारी ब्रुक बाहेक अरु कुनै खेलाडीले ठूलो पारी खेलेनन्। पोप ४६ रन बनाएर आउट भए।

इंग्ल्यान्डलाई सुरुवातमै झट्का लाग्यो, जब मिशेल स्टार्कले ज्याक क्राउलीलाई पहिलो ओभरमै शून्यमा एलबीडब्लु गरे। त्यसपछि उनले बेन डकेट (२१) लाई आउट गरे। र त्यसपछि जो रुट खाता नखोली स्लिपमा लाबुशेनको हातमा क्याच आउट भए ।

त्यसपछि ब्रुकले ओली पोपसँग चौथो विकेटको लागि ५५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले। तर यस साझेदारीलाई क्यामेरन ग्रीनले तोडे, जब उनले पोपलाई ४६ रनमा एलबीडब्लु गरे।

हाल एशेज सिरिज अष्ट्रेलियाको हातमा छ। एशेज सिरिजको ट्रफी हाल अष्ट्रेलियाकै हातमा छ। टोलीले २०२१ सिजनमा ५ खेलमध्ये ४ खेल जितेको थियो भने १ खेल ड्र भएको थियो।

त्यसपछि २०२३ को सिरिज २–२ को बराबरीमा रह्यो । अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीच भएका एशेजमा अष्ट्रेलिया भारी छ। अहिलेसम्म दुबै देशबीच ७३ सिरिज खेलिएका छन्। यसमध्ये अष्ट्रेलियाले ३४ सिरिज जितेको छ भने इङ्ग्ल्याण्डले ३२ सिरिज जितेको छ। बाँकी ७ सिरिज ड्र भएका थिए।

१८८२ मा सुरु भयो द एशेज
विश्वको सबैभन्दा पुरानो सिरिज द एशेजको सुरुवात १८८२ मा भयो। यद्यपि, अष्ट्रेलिया–इङ्ग्ल्याण्ड १८७७ देखि टेस्ट सिरिज खेल्दै आएका छन्।

विश्वको पहिलो टेस्ट खेल पनि यिनै देशबीच खेलियो। यो खेल १५–१९ मार्च १८७७ मा मेलबर्नमा भयो। पाँच वर्षपछि यसलाई ‘द एशेज’ नाम दिइयो।