२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनमा प्रतिनिधि छनौटको सहजीकरण गर्न जिम्मेवारी



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी ११ औं राष्ट्रिय महाधिवेशनका लागि समग्र प्रतिनिधि छनौटमा समन्वय र सहजीकण गर्नका लागि १७ नेतालाई जिम्मेवारी तोकेको छ ।

विभिन्न जिल्ला, जनसङ्गठन, विभाग, सम्र्पक समन्वय कमिटीमा प्रतिनिधि छनौटमा आइपर्ने समस्या समाधान गर्न सङ्गठन विभागका सदस्यसमेत रहनुभएका नेतालाई समन्वयकर्ताको जिम्मेवारी तोकिएको पार्टीका केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार १७ नेताहरुले महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयमा आउन सक्ने अस्पष्टतालाई स्पष्ट पार्ने र छनोट प्रक्रियामा कुनै समस्या आएमा समाधानका लागि अग्रसरता लिने छन् ।

ती नेताहरुलाई जिल्ला, जनसङ्गठन, विभाग, सम्र्पक समन्वय, प्रवास लगायतका क्षेत्र तोकि प्रतिनिधि छनौटमा आइपर्ने समस्या समाधान गर्न जिम्मेवारी तोएको विभागका सचिव ढुङ्गेलले जानकारी दिनुभयो ।

सङ्गठन विभागका सदस्यहरु भानुभक्त ढकाल, शेरधन राई, विशाल भट्टराई, सुमनराज प्याकुरेल, ज्वाला साह, आनन्द पोखरेल, गणेश पहाडी, सुजिता शाक्य, सम्झना देवकोटा, गोविन्द नेपाली, लीला गिरी, जीवन गौतमलाई समन्वय र सहजीकरणका लागि तोकिएको छ । लक्ष्मी पोखरेल, लालबहादुर थापा, लीला भण्डारी, माधव ढुङ्गेल र काशीनाथ अधिकारीलाई प्रतिनिधि छनौटमा देखिएका समस्या समाधान गर्न जिम्मेवारी तोकिएको छ ।

आगामी चैतसम्म नवीकरण गरेकाले मात्र प्रतिनिधि बन्न पाउने सङ्गठन विभागका सचिव ढुङ्गेलले बताउनुभयो । आगामी चैतसम्म नवीकरण गरेका पार्टी सदस्यले मात्र महाधिवेशनका लागि प्रतिनिधि छनौटमा भाग लिन पाउने जानकारी दिनुभयो । सो अवधिसम्म करिब छ लाख ६७ हजार पार्टी सदस्यता रहेका छन् ।

त्यस्तै पार्टीले भूगोल, दलित र मजदुर क्षेत्रका लागि तोकिएका निर्वाचन क्षेत्रमा भाग लिन पाउने सदस्यहरूको सूची मङ्सिर ७ गतेभित्र यकिन गर्नुपर्ने उल्लेख गरेको छ ।

भूगोलअन्तर्गतका निर्वाचन क्षेत्रमा केन्द्रीय जनसङ्गठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यले मङ्सिर ६ गतेभित्र आफू कुन क्षेत्रमा सहभागी हुने हो भन्ने जानकारी जिल्लालाई लिखित रूपमा दिनुपर्ने विभाग सचिव ढुङ्गेलले जानकारी दिनुभयो ।

पार्टीले यसपटक विशेष आरक्षण गरिएको ४० वर्षमुनिका युवा प्रतिनिधिका लागि मापदण्ड तोकिएको छ । युवा प्रतिनिधि बन्न यही मङ्सिर १३ गतेसम्म ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

पार्टी सदस्यता कम्तीमा ७ वर्ष पुगिसकेको हुनुपर्ने मापदण्ड बनाइएको छ । एमालेको आगामी महाधिवेशनका लागि मङ्सिर १३ गते एकैदिन प्रतिनिधि छनौट गर्ने कार्यतालिका छ । एमाले महाधिवेशन यहि मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ । रासस