२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा

सिक्किममा गुन्जिए सुजन चापागाईँ,

सिक्किममा गुन्जिए सुजन चापागाईँ,
अ अ+ अ-

गान्तोक: शुक्रवार भारतमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को प्रचार-प्रसारका लागि आयोजित ‘ऊनको स्वीटर साँझ’ बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली चलचित्रप्रति भारतका नेपाली भाषी समुदायको आकर्षण पुस्टी गर्‍यो।

कार्यक्रममा नेपालका लोकप्रिय गायक सुजन चापागाईँले चलचित्रका गीतहरू प्रस्तुत गर्दै वातावरण रोमाञ्चक बनाए। उनीसँगै नेपालबाट आएका अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, सङ्गीत निर्देशक कोविद बज्र, छायाङ्कन निर्देशक चिन्तन राजभन्डारी, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकीलगायत टिमका सदस्यहरू उपस्थित थिए।

सिक्किम र दार्जिलिङ क्षेत्रका चर्चित कलाकारहरूसमेत कार्यक्रमको आकर्षण बने। अनमोल गुरुङ, प्रकाश क्षेत्री, सिम्रन गुरुङ, रिको लामा, र्‍यापर देवा, सोनम ओङ्मु इथेन्पालगायतका कलाकारहरूले आफ्ना प्रस्तुति दिए। त्यस्तै, अमृता राईले चलचित्रको चर्चित गीत ‘काफ्ले’मा नृत्य प्रस्तुत गरिन् भने नेपालबाट गएका नर्तक सुरज सिंहजाली मगरले ‘चाइनेजो जिन्दगानी’मा प्रस्तुति दिए।

‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलहरूमा रिलिज हुँदैछ। यसअघि भारतको सेन्सर बोर्डबाट पास भइसकेको चलचित्रलाई एसली प्रोडक्सनले वितरण गर्दैछ। बिहीबार साँझ सिक्किममा विशेष प्रिमियर शो आयोजना गरिएको छ।

निर्देशक नवीन चौहानले नेपालमा जस्तै भारतमा पनि चलचित्रले उल्लेखनीय सफलता पाउने विश्वास व्यक्त गरे। वितरक एसली प्रोडक्सनका प्रमुख एवन राईले यो आफ्नो पहिलो प्रयास सफलताको दिशामा अग्रसर भएको बताउँदै आगामी दिनहरूमा भारतीय बजारमा नेपाली चलचित्रलाई नियमित रूपमा ल्याइने बताए।

सोही अवसरमा गायक सुजन चापागाईँले आगामी डिसेम्बर २३ मा गान्तोकमा ‘सुजन चापागाईँ एन्ड द इन्फिनिटी’ ब्यान्डको कन्सर्ट हुने घोषणा गरे।

नेपालमा करिब १२ करोड रुपैयाँभन्दा बढी बक्स अफिस कमाई गर्दै वर्षकै चर्चित चलचित्र मध्ये एक बनेको ‘ऊनको स्वीटर’ले यथार्थपरक कथा, प्रभावशाली अभिनय र मन छुने सङ्गीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको थियो। भारतमा पनि सोही लोकप्रियता दोहोरिने अपेक्षा निर्माण भएको छ।