१ आश्विन २०८३, बिहीबार
,
Latest
भोटेकोशी–त्रिशूली बाढीपछि त्रिशूली माविको पठनपाठन अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन हुने जलवायु जोखिम सामना गर्न संस्थागत संरचना र कूटनीतिक भूमिका पुनर्विचार गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सभामुख जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रमेश हमाल करदाता प्रोत्साहन उपहारमा ३३ विजेता, दुई जनाले पाए १०–१० लाख जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरी छः सांसद रेग्मी राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि पनि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि पनि सरेको छ । गत बिहीबारबाट सूचना टाँसेर तीन पटकसम्म सारिएको बैठक आज फेरि सूचना टाँसेर सारिएको हो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै शनिबार दिउँसो एक बजेसम्मका लागि सारिएको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ। ’

गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राखेर सकिएको थियो । जारी बैठकले १५ औं महाधिवेशन र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा निर्णय लिने बुझिएको छ ।

 




भर्खरै