२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

प्रधानमन्त्री र मन्त्रीका खोक्रा अभिव्यक्तिले बन्छ त निर्वाचनको वातावरण ?

प्रधानमन्त्री र मन्त्रीका खोक्रा अभिव्यक्तिले बन्छ त निर्वाचनको वातावरण ?
अ अ+ अ-

काठमाडौं । फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि वातावरण किन बनाउन नसकेको भन्दै राजनीतिक दलहरुले सरकारसँग प्रश्न गरिरहेका बेला बुधबार बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच झडप भयो । तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालयले सिमरामा कफ्र्यु आदेश नै जारी गर्न बाध्य भयो । यो घटनाले चुनावी सुरक्षाका विषयले लिएर पुन आशंका पैदा गरेको छ ।

सरकारले निर्वाचनमा सुरक्षा प्रत्याभूति हुने दाबी गरिरहेको छ । तर दलहरु प्रचारप्रसारमा ननिस्कँदै सिमरामा भएको घटनाले आशंका सिर्जना गरेको छ । चुनावका लागि सबै दल र उम्मेदवार निर्वाधरुपमा जनताको घरदैलोमा पुग्न पाउनुपर्छ । त्यसका लागि सुरक्षा अवस्था बलियो हुनुपर्छ । तर अहिले चुनावी सभा नै गर्ने तय नभए पनि सिमरामा एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएको छ । यो झडपले सरकारले भन्दै आएका शान्ति सुरक्षाको पूर्णप्रत्याभूति नदिएको देखिन्छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सिंहदरबारमा बोलाएको विभिन्न राजनीतिक दलको बैठकमा सहभागी दलका नेताहरूले निर्वाचनका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरिरहेका बेला सिमरामा झडप भएको हो । यो घटनाले त झन् दलहरुलाई झस्काएको छ । प्रधानमन्त्री कार्कीसँग यो विषयमा नेताहरुले बैठकमा कुरा नै उठाएका थिए । तर सरकारले सुरक्षा प्रत्याभूति हुने भन्ने आश्वासनबाहेक यो घटनाको खास कारण के हो भन्न सकेन ।

जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार फेला नपरेको र फरार कैदी पक्राउ नपरेको अवस्थामा अहिले नै हुन थालेको झडपले चुनाव कतै भाँडिने त होइन भन्ने पनि प्रश्न उठ्न थालेको छ ।

निर्वाचन गराउनका लागि राजनीतिक दलहरु तयार हुनुपर्छ । सरकारले त्यसको आधार तयार पारिदिनुपर्छ । तर अहिले न सरकारले आधार तयार पार्न सकेको छ न त राजनीतिक दलहरुले नै खुलेर जनतासम्म जान सक्ने अवस्था बनेको छ ।

त्यसो त अहिले सामाजिक सञ्जालमा दलका नेताहरुविरुद्ध अभिव्यक्ति आउने क्रम रोकिएको छैन । दलका कार्यकर्ताहरुले पनि जेन–जी विरुद्ध अनेक अफवाह फैलाइरहेका छन् । यो त्यस्ता गतिविधि सरकारले नियन्त्रण गर्न सकेको छैन । बरु अनर्गल प्रचार गरेको आरोप लगाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले नै पक्राउ गरेको छ ।

सरकारले आफूमाथिका आरोपको स्पष्टीकरण दिएको छैन । बरु चुपचाप बसेको छ । न त मिथ्या र भ्रामक सूचना तथा समाचारले उत्पन्न गरेका भ्रम नै चिर्न सकेको छ । सरकार आफैं भन्छ– मिथ्या र भ्रामक सूचनासँग जुध्न संरचना नै छैन । प्रधानमन्त्री र मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूबारे गरिने टिप्पणी र नियोजित प्रचारका बारेमा भने नागरिकले पनि स्पष्टीकरण खोजिरहेका छन् । प्रधानमन्त्री र मन्त्रीहरुमाथि उठेका प्रश्नको जवाफ नागरिकले खोजेका छन् । तर प्रधानमन्त्री तथा मन्त्रीहरु आफूहरुविरुद्ध लागेका आरोपको विश्वासिलो आधारमा चिर्न सकेका छैनन् ।

दुर्गा प्रसाईंले आफ्नो फेसबुक पेजमा राखेको भिडियोमा भदौ २३ र २४ गतेको आन्दोलन र त्यसक्रममा भएको विध्वंस तथा त्यसपछि भएको सरकार निर्माण सबै पश्चिमा शक्तिले गरेको आरोप लगाइएको छ । उत्तेजना फैलाएर विध्वंस मच्चाएर सत्ता कब्जा गरेको आरोप लगाइएको छ । भिडियोमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको अडियो र भिडियोसमेत प्रयोग गरिएको छ ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र जेन–जी अभियन्ता सुदन गुरूङसम्मलाई मुछिएको छ । निचोडमा प्रसाईँले राखेको भिडियोमा सरकार गठन नै बाहिरिया शक्तिले गरेको भन्दै देशको सार्वभौमसत्ता नै खतरामा परेको दाबी गरिएको छ । प्रसाईँले सार्वजनिक गरेको भिडियो र उहाँले बेलाबेलामा दिँदै आएका अभिव्यक्तिकै आधारमा उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललगायतले आफूमाथि लगाइएका गम्भीर आरोपहरूबारे बोल्न आवश्यक ठानेका छैनन् । यस्ता कुरा जनतालाई स्पष्ट पार्न नसकेका सरकारमाथि नै प्रश्न उठ्ने छ ।

तर प्रधानमन्त्री कार्की अहिले जेन–जी पुस्ताले उठाउँदै आएको भ्रष्टाचार नियन्त्रण र सुशासनको नारालाई लिएर अरु दललाई बेवास्ता गरिरहेकी छन् । दलका शीर्ष नेताहरुसँग संवाद गर्न चाहेकी छैनन् । शीर्ष नेताहरुसँग कुरा गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने आफ्नो जिम्मेवारी भुल्दै गएकी छन् । केही दलका नेताहरुसँग गरेको कुरालाई नै उनले सफलताको रुपमा अर्थ लगाउँदै आएकी छन् । राष्ट्रलाई संवैधानिक संकटबाट बचाउन र लोकतन्त्रलाई लिकमा ल्याउन उनले सरकार प्रमुखको हैसियतमा जति काम गर्नुपर्ने थियो त्यो भने गर्न सकेकी छैनन् ।

निर्वाचन केबल औपचारिकताका लागि मात्र होइन, यो त जेन–जीले उठाउँदै आएका माग पूरा गराउने माध्यम पनि हो । यसलाई शान्तिपूर्णरुपमा सम्पन्न गराए जनताका प्रतिनिधिलाई सत्ताको साँचो सुम्पनुपर्छ । यो चुनावलाई सबैले अवसरका रुपमा लिनुपर्छ र आफूमा भएका कमी कमजोरी सुधारसमेत गर्न सक्नुपर्छ ।

अहिले प्रधानमन्त्री र मन्त्रीहरुले चुनावको वातावरण बन्यो र बनाउँछौं भनेर मात्र हुँदैन । त्यो व्यवहारमा देखिनुपर्छ । जनताले शान्ति सुरक्षाको महसुस गर्नुपर्छ । सुरक्षाकर्मीको मनोबल बढाउनुपर्छ र बढेको देखिनुपर्छ । तर सरकारले अहिलेसम्म भाषणबाजी मात्र गरिरहेको छ । यो अवस्थामा सरकारले वास्तवमै चुनावी वातावरण बनाउन दल, जेन–जी र निर्वाचन आयोगसँग गहन रुपमा छलफल गर्नुपर्छ ।