२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल: सुदूरपश्चिमले काठमाण्डुलाई हरायो



अ+ अ-

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई २९ रनले हराएको हो ।

१४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६।५ ओभरमा ११८ रनमा अलाउट भयो ।

उसका लागि आकश त्रिपाठीले ३४, जोन सिम्पसनले २४, भिम सार्किले १२ रन जोडे ।

काठमाण्डुलाई सस्तैमा समेट्न सुदूरपश्चिमका स्कट कुग्लेजिन हरमित सिंह र हेमन्त धामीले दुई दुई विकेट लिए भने इशान पान्डे, नरेन साउद र अभिनाश बोहराले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम १४७ रनमा अलआउट भयो ।

उसका लागि हरमित सिंहले अर्धशतकीय पारी खेले । उनले २० बलमा ५३ रन जोडे । उनको ब्याटबाट ६ छक्का र २ चौका निस्कियो ।

यस्तै, कप्तान दिपेन्द्र सिंह ऐरीले ३९, आरिफ शेखले २५, इशान पाण्डेले ११ रन जोडे ।

वलिङतर्फ काठमाण्डु गोर्खाजका कप्तान करण केसीले चार विकेट लिँदा मिलिन्द कुमार, राशिद खान र सन्नी पटेलले दुईरदुई विकेट लिए ।

पहिलो खेलमा काठमाण्डुले जनकपुर बोल्ट्सलाइ हराउँदै विजयी सुरुवात गरेको थियो ।