१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल: सुदूरपश्चिमले काठमाण्डुलाई हरायो



अ+ अ-

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई २९ रनले हराएको हो ।

१४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६।५ ओभरमा ११८ रनमा अलाउट भयो ।

उसका लागि आकश त्रिपाठीले ३४, जोन सिम्पसनले २४, भिम सार्किले १२ रन जोडे ।

काठमाण्डुलाई सस्तैमा समेट्न सुदूरपश्चिमका स्कट कुग्लेजिन हरमित सिंह र हेमन्त धामीले दुई दुई विकेट लिए भने इशान पान्डे, नरेन साउद र अभिनाश बोहराले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम १४७ रनमा अलआउट भयो ।

उसका लागि हरमित सिंहले अर्धशतकीय पारी खेले । उनले २० बलमा ५३ रन जोडे । उनको ब्याटबाट ६ छक्का र २ चौका निस्कियो ।

यस्तै, कप्तान दिपेन्द्र सिंह ऐरीले ३९, आरिफ शेखले २५, इशान पाण्डेले ११ रन जोडे ।

वलिङतर्फ काठमाण्डु गोर्खाजका कप्तान करण केसीले चार विकेट लिँदा मिलिन्द कुमार, राशिद खान र सन्नी पटेलले दुईरदुई विकेट लिए ।

पहिलो खेलमा काठमाण्डुले जनकपुर बोल्ट्सलाइ हराउँदै विजयी सुरुवात गरेको थियो ।