१५ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार महिनामा ३८६ जनामा स्क्रब टाइफस



अ+ अ-

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।

यही मङ्गलबारसम्म यहाँका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच हजार ४५३ जनाको नमुना परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये २९० जना चितवनका हुन भने ९६ जना चितवन बाहिरका रहेका छन् । चितवनका १९५ जना महिला र ९५ जना पुरुषमा यो रोगको सङ्क्रमण देखिएको हो । साउनयता अस्पतालमा उपचारका लागि आएकामध्ये यो रोगको सङ्क्रमण जिल्ला बाहिरका २४ जना पुरुष र ७२ जना महिलामा देखिएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका रहेका छन् । यस पालिकामा १०८ जनामा स्क्रब टाइफस देखिएको हो । यस्तै, खैरहनी नगरपालिकामा ६८ जना, राप्ती नगरपालिकामा ३७ जना, कालिका नगरपालिकामा ३६ जना, भरतपुर महानगरपालिकामा २९ जना, माडी नगरपालिकामा पाँच जना र इच्छाकामना गाउँपालिकामा सात जनामा यो रोग देखिएको कार्यालयले जनाएको छ ।

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गरेको उहाँले बताउनुभयो ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताउनुभयो ।




भर्खरै