काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताउनुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधवार भएको छलफलमा उहाँले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको बताउनुभएको हो ।
उहाँले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताउनु भयो । उहाँले निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरुसँग निरन्तर संवाद गरिरहेको जानकारी दिनुभयो । उहाँले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रिय सभाका सदस्यहरुलाई समेत आग्रह गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न गराउने राष्ट्रिय सभा र संसदीय समितिहरुको महत्वपूर्ण भुमिका हुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाईरहेका छौँ । आज पनि १२३ वटा राजनितिक दलसँगको मिटिङ सरकारसंग छ । राजनीतिक दलसंग हामी निरन्तर संवादमा छौँ, त्यो वातावरण बनाइरहेको छौँ । सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडी बढाउने काममा हामी अगाडी बढीरहेका छौँ । यसमा महत्वपुर्ण रुपमा जोडिएको सम्मानित संसद, राष्ट्रिय सभा, समितिका माननीय सदस्यज्यु, समितिका सभापतिज्यूहरु सबैलाई म के अनुरोध गर्न चाहन्छु भने चुनाव हुने बाटोमा मुलुकलाई अगाडी बढाउनुपर्छ । नत्र जोखिम धेरै छन्, हामी अगाडी । यो बाटोमा अगाडी बढाउने कुराहरुमा माननीयज्युहरुको, सभापतिको महत्वपूर्ण भुमिका हुन्छ ।’
उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि अगाडी बढाइरहेको जानकारी दिनुभयो ।










