७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

स्वास्थ्य मन्त्रालय बिहीवार सिंहदरबार परिसर सर्ने

स्वास्थ्य मन्त्रालय बिहीवार सिंहदरबार परिसर सर्ने
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवारदेखि  सिंहदरबारबाटै सेवा प्रवाह गर्ने भएको छ ।

सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सञ्चालनको लागि अस्थायी संरचना निर्माण गरिएको र बिहीवारदेखि सोही क्षेत्रबाट कामकारबाही शुरु गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन निर्माण गरिएका छन् । उहाँले गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो । हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ । प्रवक्ता बुढाथोकीले जनसंख्या महाशाखा र स्वास्थ्य आपतकालीन केन्द्रबाहेकका सबै कारबाही बिहीवारदेखि स्वास्थ्य मन्त्रालयबाटै हुने जानकारी दिनुभयो । उहाँले बाँकी संरचनाको व्यवस्थापन भएपछि केही दिनमै मन्त्रालय पूर्ण रुपमा सिंहदरबार सर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुनःनिर्माण गरेर बस्न लायक बनाउने स्थिति थिएन । त्यस अवस्थामा प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेर सिंहदरबार कम्पाउण्डको दक्षिण–पश्चिम क्षेत्रमा नेपाली सेनाले प्रयोग गर्दै आएको खालि जग्गा माग गरेका थियौं । र त्यो जग्गामा अस्थायी संरचना बनाउनको लागि हामीले विश्व स्वास्थ्य संगठनलाई अनुरोध गरेका थियौं । त्यहीअनुसार ६ वटा विल्डिङ र सेनाले विगतमा प्रयोग गरेका ६ वटा टहराहरुलाई पनि प्रयोग गरेर स्वास्थ्य मन्त्रालय सिंहदरबार सर्दैछ । ६ वटा प्रिफ्याब बिल्डिङ आज डब्लूएओको क्षेत्रीय प्रमुखले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्नुभएको छ । र भोलिदेखि स्वास्थ्य मन्त्रालय सिंहदरबार सर्छ । तर अझै पनि इकाई, शाखा र केन्द्रहरुलाई समेत सार्न सम्भव नभएको हुनाले जनसंख्या महाशाखा र स्वास्थ्य आपतकालीन केन्द्र हाल सोही भवनमा रहन्छ । र अबको केही दिनमा बाँकी दुई शाखाहरुलाई पनि सिंहदरबारबाटै सञ्चालन गर्छौं ।’

मन्त्रालयको काम कारबाही शुरु गर्न सेनाले प्रयोग गर्दै आएका संरचनाहरुमा समेत रंगरोगन गरेर तयार पारिएका छन् ।