२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल क्षेत्र जसरी नै अरु क्षेत्रले पनि फड्को मार्नुपर्छः सुनिल शर्मा



अ+ अ-

काठमाडौँ । पूर्वसांसद डा. सुनिल शर्माले मेडिकल विधाले छलाङ मारेको बताउनुभएको छ ।

नोबेल मेडिकल कलेजको ‘नोबेल डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अरु क्षेत्रमा पनि मेडिकल जगत्मा जस्तै नेपालमा फड्को मारेको भए मुलुक दुबइ, सिंगापुर बनिसकेको हुने बताउनु भयो । शर्माकाअनुसार राज्यका नीति र सबैको मेहनतले नेपालले मेडिकल क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । अब अरु क्षेत्रमा पनि फड्को मार्न जरुरी रहेको उहाँको भनाइ छ ।

डा. शर्माले भन्नुभयो–‘वास्तवमा मेडिकल विधामा नेपालले आफूलाई जति छंलाङ मार्नसक्यो । अरु विधामा यसरी नै छंलाङ मारेको भए  हामी दुबइ वा सिंगापुरको हाराहारीमा यो मुलुकलाई पु¥याउन सक्थ्यौं । तर मेडिकलमा मात्र अघि बढ्यो अरुमा कम प्रोगे्रस भयो । त्यसकारणले यहाँसम्म आइपुग्नुको पछाडी राज्यको नीति सबैको परिश्रम, मेडिकल क्षेत्रले आफूलाई फास्ट ट्रायकमा विकास गरेका कारणले हामी यहाँ सम्म आइपुग्यौं । अब हाम्रो जमाना त गइसक्यो । जेनजीहरुको जमाना छ । म आश गर्छु अर्को २० वर्ष पछाडी म बुढो भएपछि पनि नोबल डे मनाइरहँदा आज जुन ठाउँमा पुगेको छ यो भन्दा अझ अगाडी २० गुणा ग्रो भएको हामीले देख्न पाइयोस् ।’

प्रध्यापक डाक्टर अच्युत वाग्लेले मेडिकल क्षेत्रमा आएको अत्याधुनिक प्रणालीलाई आत्मसाथ गर्नु नै अहिलेको मुख्य चुनौति रहेको बताउनु भयो ।
अहिले एआइ, रोबर्टको प्रयोग मेडिकल क्षेत्रमा भइरहेको बताउँदै उहाँले त्यसलाई अंगिकार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
वाग्लेले भन्नुभयो–‘प्रविधिमा आएको आमुल परिवर्तनलाई अत्मसात गर्नु नै अहिलेको मुख्य चुनौती हो । एआइसहितका नयाँ प्रविधिलाई अङ्गालेर मेडिकल क्षेत्रमा पनि अघि बढ्नुपर्ने आवश्यकता छ । अहिले मेडिकल क्षेत्रमा रोबर्टको साहारामा धेरै काम हुन थालेका छन् । त्यसको प्रयोग गर्नु पनि नेपालका लागि चुनौतिकै विषय हो । हामीले के कसरी गर्ने त्यसतर्फ ध्यान दिनपर्छ ।’

नोबेल मेडिकल कलेजकी निर्देशक सोइना शर्माले अत्याधुनिक प्रणालीबाट नोबलले सेवा दिनुका साथै सरकारी नीतिहरुको समेत परिपालनामा आफूहरु अब्बल रहेको बताउनु भयो । उहाँकाअनुसार स्वास्थ्य बीमा लागूदेखि विपन्नलाई उपचार प्रदान समेत नोबलले गरेको छ ।
निर्देशक शर्माले भन्नुभयो,‘हामीले सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम लागू गरेर सर्बसुलभ रुपमा आम नागरिकको उपचार गरिरहका छौं । असहाय अशक्तका लागि पनि सहुलियतमा उपचार गरिरहेका छौं । सरकारले १० प्रतिशत बेड असहायअशक्तका लागि छुट्टाउनुपर्ने नियमलाई हामीले पालना गरेका छौं । गत साल १२ करोड बराबरको नोबेलले विपन्न अशक्तका लागि स्वास्थ्य उपचार गराएर सहयोग गरेको छ ।’

विराटनगर महानगरपालिका प्रमुख नागेश कोईरालाले निजी क्षेत्रमा सबैभन्दा नाम चलेको संस्थाका रुपमा नोबेल मेडिकल कलेज स्थापित भएको बताउनु भयो । उहाँकाअनुसार नोबल स्थापनापछि केही डाक्टरले मात्रै नभई समाजमा धेरैले रोजगारी समेत पाइरहेका छन् ।
उहाँले भन्नुभयो –‘संस्था भित्र मात्रै नभई सिंगो समाजले रोजगारी पाउन गरी नोबलले काम अघि बढाएको छ । विगतमा उपचारका लागि यहाँबाट भारत सिंगापुर जानुपथ्र्यो । त्यो उपचारमा अप्नाइने प्रविधि सबै यहाँ भित्राइएका कारण ९५ प्रतिशत बिरामी अब बाहिर जानुपर्ने अवस्था हटेको छ ।’

उहाँले नोबल मेडिकल कलेजको स्थापनापछि स्वास्थ्य क्षेत्रमा धेरै नै प्रगति भइरहेको बताउनु भयो । उहाँले उपाचारका लागि बाहिर जाने बाध्यता हट्नु सुखद् भएको समेत बताउनु भयो ।