२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी



अ+ अ-

काठमाडौँ। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक हिर्काएका छन् ।

उनले विराटनगर किङ्सविरूद्ध ३ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै भुर्तेल अर्धशतक हिर्काउने छैटौँ खेलाडीसमेत बनेका छन् । भुर्तेल ३१ बलमा ५९ रनमा आउट भए ।

यसअघि यही पहिलो इनिङमा विराटनगरका  लोकेश बम र मार्टिन गुप्टिल अर्धशतक प्रहार गरेका थिए । लोकेश अर्धशतक हिर्काउने पाँचौँ र मार्टिन चौथो खेलाडी बनेका थिए । जारी प्रतियोगितामा तेस्रो अर्धशतक हिर्काउने खेलाडीमा रवी बोपरा छन् ।

चितवन राइनोजका अलराउण्डरसमेत रहेका  रवीले आज भएको पहिलो खेलमा कर्णाली याक्सविरूद्ध ३५ बलमा  अर्धशतक प्रहार गरेका हुन् ।

यसअगाडि पहिलो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियान्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए । पहिलो अर्धशतक भने जनकपुर  बोल्ट्सका  ब्याट्सम्यान आशिफ शेखको नाममा छ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ । रासस