२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री बाँस्कोटा निवास विष्फोटप्रति नेकपाको निन्दा, कडा कारवाहीको माग



अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमन्त्री गोकुल बाँस्कोटा निवास भक्तपुरमा आज बिहान भएको विष्फोटको निन्दा गरेका छन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका सांसद तथा पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा भएको बम विष्फोटको निन्दा गरेका हुन् ।

भक्तपुर लोकन्थलीस्थित बाँस्कोटा निवासमा आज बिहान ७ः५० बजे बम विष्फोट भएको थियो । विष्फोटबाट बाँस्कोटासहित छिमेकीका घरमा क्षति पुगेको छ ।

बम विष्फोट गराउने आतंककारी समूह भएको भन्दै तत्काल खोजविन गरी कडाभन्दा कडा कारवाही गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।