१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी उपचारका लागि अदालत जान्छौंः ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दैै आफूहरु अदालत जाने बताउनुभएको छ ।

मंगलवार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरुको बैठकमा बोल्दै उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको काम गर्दैं आफ्नो पार्टी कानूनी उपचारका लागि अदालत जाने बताउनु भएको हो ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन संविधान र कानूनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने कुनै बाटो नभएको जिकीर समेत पटक पटक गर्नुभयो । उहाँले आफूले सो विषयमा पटक पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहो¥याउनु भयो । वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्नैै नसक्ने ओलीको भनाई थियो ।

हाँले भन्नुभयो, ‘हामी दुई वटै कदम चाल्दै अघि बढने छौ । एउटा यसलाई अस्विकार गर्दै कानूनी उपचार खोज्छौ । र यो कोर्टमा न्याय, संविधान नजरमा र यसको संवैधानिक, यी कदमहरुको संवैधानिक परिक्षण हुनुपर्दछ भन्ने हामी ठान्दछौ । अर्को कुनै परीक्षणको फैसला आउने कुनै बाटो नै छैन । पु्नःस्थापनाबाहेक सम्मानित अदालतले गर्ने अर्को फैसला गर्ने अर्को संवैधानिक बाटो नै छैन । मैले पनि धेरैपल्ट संविधान पल्टाए । धेरै पल्ट संविधान हेरेँ । यो पूर्ण रुपमा असंवैधानिक छ । यसले संविधानसम्मत छु भनेर दावी गर्नै सक्दैन, तर्क पेश गर्नै सक्दैन यसले । संवैधानिक छु, लोकतान्त्रिक छु, लोकतन्त्रको पक्षमा छु यसले भन्नै सक्दैन । यसले भन्ने एउटा कुरा हो भने–अराजकता, आगलागि, तोडफोड र लुटपाटलाई क्रान्ति भनेर क्रान्तिबाट बनेको हो भन्ने ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले अराजकता, आगलागि, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।