काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । साताको चौथो दिन अर्थात बुधबार सुन तोलामा रु ४०० रुपैंयाँले घटेको हो ।
मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८२ हजार ३०० रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन बुधबार तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको छ।
यस्तै चाँदी ८८० रुपैयाँ प्रतितोलामा कारोबार भइरेको महासंघले जनाएको छ ।