२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरको ठक्करबाट महिलाको मृत्यु



अ+ अ-

बाँके । बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पु¥याउँदा मृत्यु भइसकेको थियो । मृतक तरकारी व्यवसायी रहेको खुलेको छ । ठक्कर दिने चालक र टिपरलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विरोधमा स्थानीयवासीले घटनास्थलमा सडक अवरुद्ध गरेका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा सवारी आवागमन बन्द छ । दुर्घटनालगत्तै घटनास्थल पुगेर मृतकका श्रीमान् र आफन्तलाई खोजी शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।