१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल

तीन पदाधिकारीद्वारा शपथ

तीन पदाधिकारीद्वारा शपथ
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रमा नियुक्त भएका तीन पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को यही फागुन २२ गते बसेको बैठकबाट नियुक्त भएका ताल विकास प्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङ, प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक ऋषिराम पाण्डे र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पाण्डे र प्रेस संयोजक न्यौपानेलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

त्यस्तै ताल विकास प्राधिकरणका कार्यकारी निर्देशक गुरुङलाई प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले शपथग्रहण गराउनुभयो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले नियुक्त पदाधिकारीले प्रदेशको समृद्धि र विकासको लक्ष्य प्राप्तिका लागि इमान्दाररूपमा लाग्नुपर्ने बताउनुभयो ।

जागिरे सोचभन्दा पनि सेवाभावबाट क्रियाशील बन्नुपर्ने बताउँदै उहाँले नतिजा दिने किसिमबाट काम गर्न आग्रह गर्नुभयो । उहाँले ताल विकास प्राधिकरणसँगै पोखरा र आसपासका तालतलैयाको संंरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशभित्रका ताललाई प्राधिकरणमातहत ल्याउँदै प्रत्येकको शाखा कमिटी निर्माण गरी अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

प्रदेशमा कर्मचारीको दक्षता अभिवृद्धि गर्दै सुशासन र विकासको लक्ष्य प्राप्तिका लागि प्रदेश प्रशिक्षण प्रतिष्ठान उपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रदेशमा भए÷गरेका कामलाई प्रचारप्रसार गरी जनतामाझ पु¥याउन प्रेस संयोजकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लम्सालले प्रदेश सरकारले कामलाई व्यवस्थित गर्ने लक्ष्यलाई पूरा गर्न पदाधिकारी नियुक्तिसँगै थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । ताल, पोखरी, कुवाकुण्डको संरक्षण सरकारको प्राथमिकताका साथ अघि बढाएको बताउँदै उहाँले वातावरण संरक्षणसँगै समृद्धि र विकासको लक्ष्य पूरा गर्न प्राधिकरण उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले पदाधिकारी नियुक्तिसँगै सम्बद्ध निकायमा कामले थप गति लिने बताउनुभयो । नवनियुक्त गुरुङ, पाण्डे र न्यौपानेले प्राप्त जिम्मेवारीलाई आत्मसात गर्दै योग्यता, क्षमता र दक्षताले भ्याएसम्म प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।