१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल

बीमा सम्बन्धी सबै काम एकद्धार प्रणालीबाट हुन्छ : मन्त्री खतिवडा

बीमा सम्बन्धी सबै काम एकद्धार प्रणालीबाट हुन्छ : मन्त्री खतिवडा
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बिमालाई भरपर्दो र विश्वासिलो व्यवसायको रुपमा विकास गर्नका लागि बीमा सम्बन्धी सबै कामलाई एकद्धार प्रणालीबाट गर्न लागिएको बताउनुभएको छ ।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री खतिवडाले बीमालाई एकद्धार प्रणाली अन्र्तगत सञ्चालन गर्नका लागि बीमा समिति ऐन र राष्ट्रिय बीमा संस्थान ऐनलाई खारेज गरेर एकीकृत ऐन बनाउने परिकल्पना गरिएको बताउनुभएको हो । उहाँले व्यवसाय र जीवनमा आईपर्ने सबै किसिमका जोखिम व्यवस्थापन गर्न सक्ने तह सम्म बीमा सेवा पुग्नुपर्छ भनेर बीमा सेवा विस्तार गर्न खोजिएको पनि उहाँले स्पष्ट पार्नुभयो । बीमा सम्बन्धी ऐनहरुलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमाथि परेका संसोधन प्रस्तावमाथिको छलफलका क्रममा उहाँले नियमनकारी निकायलाई अझै बढी नियमक निकायको रुपमा प्रभावकारी तुल्याउन , बीमा व्यवसायलाई प्रतिष्पर्धी बनाउनुको साथै अन्तराष्ट्रिय बीमा सम्बन्धी नियमनकारी व्यवस्थाहरु, प्रचलन तथा अभ्यासहरुलाई नेपालमा पनि लागु गरेर बीमालाई भरपर्दो व्यवसायको रुपमा बिकास गर्नुे अवधारण सहित विधेयकमा आवश्यक व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “नियमनकारी व्यवस्थालाई अझै बलियो बनाउनुपर्छ र बीमा सेवा प्रदायकहरु र बीमासग जोडिएको अरु सरोकारवालाहरुको पनि व्यवस्थापन गतिलो गरि गरिएन भने यसको स्थिरत, स्थायीत्व र यसले प्रवाह गर्ने सेवामा समस्या आउन सक्छ भनेर राष्ट्रिय र अन्तराष्ट्रिय अभ्यासहरुलाई पनि समेटेर यो विधेयक प्रस्तुत गरिएको छ । ”

उहाँले बीमा प्रिमियमको माध्यमबाट बचत परिचालन हुने र प्रिमियम वापत संकलन भएको पैसाले पूँजी बजारमा योगदान पुर्याउने भएकाले यसले व्यवसायीक वातावरण पनि सुदृढ पार्ने र बचत पनि परिचालन हुने दाबी गर्नुभयो । उहाँले बीमा सेवाका कारण विमितहरुले आफ्नो जोखिमलाई न्यूनीकरण गर्न र व्यवस्थापन गर्न सक्ने तथा बचत परिचालन हुने भएकाले दीर्घकालिन लगानीको स्रोत जुटी पूँजी बजारको पनि बिकास हुने उल्लेख गर्नुभयो । यी सबैका लागि नियमनकारी निकाय बलियो हुनुपर्ने विधेयकमा प्राधिकरणको अवधारणा अनुरुप विमा समितिको सट्टा प्राधिकरणको व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले बीमा सेवालाई वर्ग विशेष वा धनी र गरिबको आँखाले नहेर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “जोखिम बहन गर्न नसक्नेलाई राज्यले सहयोग गर्ने हो । र त्यो स्रोत जुटाउनका लागि राज्यले कहीँ कर कहीँ शुल्क लगाउनृ हो । राज्य निरपेक्ष रुपमा मुद्रा छापेर बाड्दै हिड्ने होइन । त्यस्तो भयो भने मुलुक कति समय टिक्ला र ? राजश्व पनि उठाउनुपर्छ र त्यसको सही उपयोग पनि गर्नुपर्छ ।”

संसोधनकर्ता समिति सदस्य सासंद प्रेम सुवालले बीमा कम्पनीको इमान्दारीतामाथि प्रश्न उठाउदै सम्पत्तिमाथि कर लगाई सरकारले त्यो करलाई शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्नुपर्ने तर्क गरेपछि मन्त्री खतिवडाले वर्ग विशेषको रुपमा बीमा सेवालाई नहेन आग्रह गर्नुभएको थियो । सांसद सुवालले बीमासेवाको व्यवस्था सरकारले नै गर्नुपर्ने भन्दै विरोध गर्नुभएको थियो ।

मन्त्री खतिवडाले सरकारले साना साना व्यवसायीको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि लघु बीमालाई महत्वका साथ अघि बढाएको र अहिले एक चौथाई जनसंख्यामा बीमा सेवा पुगेको बताउनुभएको थियो । उहाँले बीमा व्यवसायलाई अघि बढाउने सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहकाबीच समन्वय हुनुपर्ने भएकाले अधिकार र बीमा व्यवस्थापन सम्बन्धी कुरालाई व्यवस्थित गर्नुपर्ने भएकाले ती विषयलाई पनि विधेयकमा समावेश गरिएको स्पष्ट पार्नुभयो ।