२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्याण्ड्स र जर्मनी फिफा विश्वकपमा छनोट



अ+ अ-

काठमाडौँ । नेदरल्याण्ड्स र जर्मनीले फिफा विश्वकप २०२६मा स्थान बनाएका छन् । गएराती सम्पन्न समूह चरणका खेलपछि नेदरल्याण्ड्स र जर्मनी युरोपबाट विश्वकपमा छनोट भएका हुन् ।

समूह जी अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले लिथुआनियालाई ४–० गोलले पराजित गर्दै समुहमा ८ खेलमा २० अंकसहित शिर्ष स्थानमा रहेर विश्वकपमा छनोट भयो ।

त्यस्तै समूह ए अन्तर्गतको खेलमा जर्मनीले स्लोभाकियालाई ६–० गोल अन्तरले पराजित गर्दै समूह ए मा ६ खेलमा १५ अंकसहित शिर्ष स्थानमा रहँदै जर्मनी छनोट भएको हो ।

योसँगै २०२६ मा हुने फिफा विश्वकपमा युरोपबाट अहिलेसम्म नेदरल्याण्ड्स र जर्मनीसहित पोर्चुगल, क्रोसिया, नर्वे, इङल्याण्ड र फ्रान्स छनोट भएका छन् ।