काठमाडौँ । नेदरल्याण्ड्स र जर्मनीले फिफा विश्वकप २०२६मा स्थान बनाएका छन् । गएराती सम्पन्न समूह चरणका खेलपछि नेदरल्याण्ड्स र जर्मनी युरोपबाट विश्वकपमा छनोट भएका हुन् ।
समूह जी अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले लिथुआनियालाई ४–० गोलले पराजित गर्दै समुहमा ८ खेलमा २० अंकसहित शिर्ष स्थानमा रहेर विश्वकपमा छनोट भयो ।
त्यस्तै समूह ए अन्तर्गतको खेलमा जर्मनीले स्लोभाकियालाई ६–० गोल अन्तरले पराजित गर्दै समूह ए मा ६ खेलमा १५ अंकसहित शिर्ष स्थानमा रहँदै जर्मनी छनोट भएको हो ।
योसँगै २०२६ मा हुने फिफा विश्वकपमा युरोपबाट अहिलेसम्म नेदरल्याण्ड्स र जर्मनीसहित पोर्चुगल, क्रोसिया, नर्वे, इङल्याण्ड र फ्रान्स छनोट भएका छन् ।










