२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

नेपाल बारको बिरोध प्रदर्शन कायमै (भिडियो सहित)

नेपाल बारको बिरोध प्रदर्शन कायमै (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । आईतबार पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारी तथा कानून व्यवसायीहरुले आन्दोलन गरेका हुन् । प्रर्दशनका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरुले आवाज उठाएको बताउनु भयो ।

उहाँले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले बारले केही समयपछि राष्ट्रिय सम्मेलन गर्न लागेको र सम्मेलनमा न्यायपालिका सुधारको लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा भइरहेको बाधालाई हटाएर काम अघि बढाउने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हामी के को लागि आन्दोलन गरिरहेका छौँ भन्दा न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन होस्, त्यस किसिमबाट न्याय दिलाउन सकियोस्, भनेर हामी रहेका छौँ । हामी न्यायपालिकाको पहरेदारको हैसियतले न्यायपालिका भित्रको विद्यमान विकृति, विसंगति हटाउनको लागि हामीले आवाज उठाउने हो । यो सुधार नभएसम्मको लागि यो आन्दोलन जारी रहन्छ । केही समयमै राष्ट्रिय सम्मेलन गर्न गइरहेका छौँ । यसपालिको राष्ट्रिय सम्मेलन न्यापालिकाको सुधार र न्यापालिकाको सुधारको लागि बाधकको रुपमा रहेका जति छन् उनीहरुको बिरुद्धमा आन्दोन हुन्छ । न्यायपालिका सुधारको लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा जुन बाधा भइरहेको छ, त्यो बाधा हटाउँदै अघि बढ्नेछौँ ।’

अध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यका बाहिर रहेका कानून व्यवसायीहरुले अहिले भइरहेको आन्दोलन पर्याप्त नभएको गुनासो गरेसँगै अब झनै सशक्त आन्दोलन गर्ने बताउनु भयो ।