काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेटको उत्सव छाएको छ ।
आजदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उद्घाटन खेलमा दर्शकहरुको उत्साहपुर्ण उपस्थिती देखिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोह त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
अहिले मैदानमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्ने छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।



फोटोः प्रदीपराज वन्त/ रासस










