५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलितमाथि भेदभाव गर्नेहरुलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्छः वामदेव गौतम



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दलित भन्नेहरुलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो प्रश्ताव गर्नुभएको हो ।

अहिले पनि संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकीर गर्दै नेता गौतमले सो समुदायलाई होच्याउनको सम्पती जफत गरेर उनीहरुलाई क्षतिपूर्ति हुनेगरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई दबाब दिनुभयो । संवैधानिक रुपमा नै दलित भन्नु अत्याचार, अमानविय र पापकर्म हुने भन्दै नेता गौतमले त्यस्तो हुन नदिनेगरी अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘दलित भन्नु यो अत्याचार हो, यो अमानवियता हो । त्यसलाई हामीले कानूनी मान्यता, संवैधानिक मान्यता दिएका छौ । यो संशोधन गर्नुपर्छ । र, एउटा कानून यस्तो बनाउनु पर्छ, जहाँ थोरै मात्र पनि कसैले भन्यो, केही व्यवहार ग¥यो भने त्यसलाई आजीवन काराबास बस्ने व्यवस्था गर्नुपर्दछ । उसको परिवारभित्र हिस्सा लगाएर उसको सम्पती जफत गरेर जसलाई त्यस्तो गरिएको हो, त्यसलाई त्यो सम्पत्ति क्षतिपूर्तिको रुपमा दिनुपर्छ । त्यसरी क्षतिपूर्ति कायम हुन्छ । ल त्यसो गरौ त एक पटक । सक्नु हुन्छ ? सकिदैन भने यस्तो छलफल नगरौं । यो अपराधपूर्ण, पापपूर्ण काम हो । आफनो देशको एउटा जनतालाई दलित भनेर मान्यता दिईरहने काम गर्न हुन्न ।’

नेता गौतमले राज्यले आवश्यक परे २० खर्व खर्च गरेर भएपनि दलित समुदायका लागि आवासको व्यवस्था गर्नुपर्ने समेत बताउनु भयो ।




भर्खरै