१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल

नारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने

नारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने
अ अ+ अ-

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ । मंगलबार गणतन्त्र स्मारकमा भएको उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहितको उपस्थितिमा यी क्षेत्रको हालको अवस्था र गुरुयोजनाको आवश्यकताबारे छलफल भएको हो ।

छलफलअघि, उनीहहरुले नारायणहिटी संग्रहालय परिसर र गणतन्त्र स्मारक क्षेत्रको अवलोकन भ्रमण गरे। छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सोही मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव सुरेश आचार्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको पनि सहभागिता थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा गुरुयोजना बनाइन लागेको हो । हाल केशर महलको प्रवलीकरण भइरहेको छ । त्यसैगरी नारायणहिटी संग्रहालयभित्रका भूकम्पबाट क्षतिग्रस्त केही संरचनाको पनि पुनर्निर्माण भइरहेको छ ।