२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सर्वोच्चमा पुनरावलोकन भए पनि कांग्रेसको रूपान्तरण अभियान राेकिदैँन: महामन्त्री घिमिरे भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी… बिलिङ संस्कारको विकास गर्न ‘नेसनल लोटरी स्किम’: अर्थमन्त्री डा. वाग्ले बागमती सरकारबारे राप्रपाको स्पष्ट अडानः सत्ता गठनको दौडबाट बाहिरिने निर्णय करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमएफका निर्देशक श्रीनिवासन र गभर्नर पौडेलबीच भेट



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ ।

सोमवार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रिय कार्यालयमा श्रीनिवासन र गभर्नर पौडेलबीच शिष्टाचार भेट भएको हो ।

भेटका क्रममा दुवै पक्षबीच नेपालको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति, राजस्व संकलन, विदेशी मुद्रा सञ्चिति, बैंकिङ क्षेत्रको सुधार, जलवायु परिवर्तनसँग सम्बन्धित वित्तीय जोखिम तथा नेपालले आइएमएफबाट प्राप्त गर्दै आएको प्राविधिक सहयोगलगायतका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

गभर्नर डा. पौडेलले नेपालले आर्थिक स्थिरता कायम गर्न र सुशासनलाई सुदृढ बनाउन चालेका कदमहरूबारे निर्देशक श्रीनिवासनलाई जानकारी गराउनुभएको थियो । श्रीनिवासनले नेपालको आर्थिक सुधारप्रति आइएमएफको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभएको बताइएको छ । यसअघि डा. श्रीनिवासन नेतृत्वको आइएमएफ टोलीले अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि छलफल गरेको थियो ।