५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमा राजदूतहरुको रमिता



अ+ अ-

काठमाडौं ।  कूटनीतिक सेवामा रहेको करियर होस् या राजनीति लगायत अन्य कुनै पनि क्षेत्रको व्यक्ति होस् राजदूत भनेको देशको, राज्यको प्रतिनिधि हो । त्यसैले उसलाई कुनै पनि देशको राष्ट्रप्रमुखले नियुक्त गर्छ र आफू गएको देशको पनि राज्य प्रमुखसमक्ष नै आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्दछ ।

त्यसैले पनि राजदूतलाई उच्च सम्मानका साथ महामहिम भनेर सम्बोधन गर्ने गरिन्छ । यो नेपालको मात्र नभएर विश्वव्यापी मान्यता हो । देशकै प्रतिनिधित्व गर्ने भएकाले उनीहरुलाई दूत भनिएको हो ।

तर यसरी आफ्नो मुलुकको प्रतिनिधित्व गरेर सम्बन्धित देशमा रहनुपर्ने दूतहरुलाई परराष्ट्र मन्त्रालयले भने मन्त्रालयमै हाजिरी कपि राखेर दैनिक हाजिरीमा लगाएको छ । राजदूत विभिन्न देशका हुन्, तर अहिले उनीहरु नेपालको परराष्ट्र मन्त्रालयमै पुगेर हाजिर गर्ने गरेका छन् । यसअघि यसरी बहालवाला राजदूतहरू यसरी मन्त्रालयमा हाजिर गराइएको अवस्था भने कहिल्यै थिएन

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको आडमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ जना राजदूतलाई छानीछानी फिर्ता बोलायो । सरकारले ३० असोजमा ती राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सो निर्णयमा नै २० कात्तिक सम्ममा स्वदेश फर्किन भनेको थियो ।

सरकारको सो निर्णका विरुद्धमा सर्वाेच्च अदालतमा रिट पर्यो । सो रिटमा फैसला गर्दै सर्वाेच्चले राजदूत फिर्ता बोलाउने निर्णय तत्कालै कार्यान्वयन नगर्न आदेश दियो । तर पनि अदालतको यो आदेशबाट सरकार पछि हटेन र पुनः कात्तिक २० गते नै स्वदेश फर्किनु र मन्त्रालयमा हाजिर गर्नु भन्ने अर्काे निर्णय गर्यो ।

त्यसपछि चार जना राजदूतले पदमा बसिरहन मनासिब नदेखेको भन्दै राजीनामा दिएका छन् भने अरु परराष्ट्र मन्त्रालयमा जाने र हाजिर गरेर फर्कने गरेका छन् । मन्त्रालयका एकजन अधिकारीले भने– खोइ को कति आउनुभएको छ थाहा छैन, तर पनि त्यहाँ एम्बेसेडर्स रुम राखिएको छ । त्यहीँ आएर हाजिर गर्ने र फर्कने गर्नुभएको छ ।

राजदूतको नियुक्ति भनेको कुनै एकजना कर्मचारीको नियुक्ति जस्तो होइन । कुनै पनि देशसँगको वैदेशिक कूटनीतिक सम्बन्ध सुमधुर राख्नका लागि यो राजदूत नियुक्त गर्ने गरिन्छ । तर ती राजदूतले सम्बन्धित देशबाट औपचारिक रुपमा विदा लिएको बारेमा पनि कुनै स्पष्ट जानकारी छैन । किनभने सरकारको आदेशपछि सर्वाेच्चको आदेश आएकाले कतिपय राजदूतहरु त निकै पछिसम्म नै आफू रहेका देशमा नै बसेका थिए ।

सरकार फेरिएसँगै राजदूत फिर्ता बोलाउने अभ्यास नेपालमा यो पहिलो त होइन । तर, पनि फिर्ता गरिएका राजदूतहरूलाई रोक्ने अदालतको यसप्रकारको आदेश यसअघि आएको पनि थिएन । तर पनि त्यति धेरै देशका राजदूतहरुलाई मन्त्रालयमा आएर हाजिर गर्नु भन्ने आदेश चाहिँ नौलो र अनौठो प्रकारको हो ।

त्यो भन्दा पनि अर्काे रमिता त के हो भने सरकारले फिर्ता बोलाइसकेपछि राजदूतहरु फिर्ता आउनुपर्छ । अनि उनीहरुलाई यहाँ वा त्यहाँ हाजिर गर्नु भन्नु भन्दा पहिल्यै उनीहरुले राजीनामा दिनुपर्छ । राजदूत जस्तो पदको गरिमा यसबाट कायम रहन्छ ।

तर कुनै एक देशको दूतका लागि नेपालले नियुक्त गरेर पठाइसकेपछि र त्यो देशबाटै सरकारले फिर्ता बोलाइसकेपछि उनीहरुलाई फेरि मन्त्रालयमा हाजिर गर्नु भन्ने सरकारको निर्णय हास्यास्पद छ भने देशको प्रतिनिधित्व गर्नुपर्ने एक कूटनीतिज्ञले मन्त्रालयको एउटा कोठामा राखिएको हाजिरी पुस्तिकामा हाजिर गरेर जागिर खानु अर्काे रमिता हो । अहिले परराष्ट्रका कर्मचारीहरु राजदूतको रमिता भन्ने गरेका छन् ।