१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल

काठ नहुँदा इच्छाकामना मन्दिर पुन:निर्माण रोकियो

काठ नहुँदा इच्छाकामना मन्दिर पुन:निर्माण रोकियो
अ अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ । पछिल्लो समय काठ अभावभएपछि पुनःनिर्माणमा ढिलाइ भएको मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । उनका अनुसार मन्दिर जीर्ण भएपछि गत असारदेखि जगैबाट भत्काइ पुनःनिर्माण थालिएको थियो । काठ अभाव भएपछि विसं २०७६ असोज महिनादेखि काम ठप्प रहेको छ । उनले भने, “असोज महिनादेखि काठ उपलब्ध नभएपछि मन्दिर निर्माणको काम ठप्प भएको छ, अब काठ ल्याउनका लागि प्रक्रिया अघि बढिसकेको छ, चाँडै काम पुनः सञ्चालन हुनेछ ।”

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले काठ अभावका कारण काम रोकिएको बताए । उनले काठ उपलब्ध गराउन गाउँपालिकाले समन्वय र सहयोग गरिराखेको जानकारी दिए । मन्दिर निर्माणका लागि झण्डै रु तीन करोड लाग्ने जनाइएको छ । प्रदेश सरकारबाट रु ५० लाख र गाउँपालिकाबाट रु ७५ लाख बजेट उपलब्ध भई काम शुरु गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताए । हालसम्म मन्दिर पुनःनिर्माणको काम ३३ प्रतिशत सम्पन्न भएको बताइएको छ । मन्दिर पुनःनिर्माण भइरहे पनि दैनिक पूजाआजा रोकिएको छैन ।

अहिले मन्दिर बाहिर प्रतिमा निर्माण गरेर पूजा गर्ने व्यवस्था मिलाएको छ । प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा मन्दिरमा मेला लाग्ने गर्दछ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गरिन्छ । मन्दिर सामुद्रिक सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ ।

फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश माछापुच्छे«सम्म देख्न सकिन्छ । मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउछन् ।