काठमाडौं । नेपाल प्रहरीले कीर्तिपुरस्थित टीयु क्रिकेट मैदान क्षेत्र वरिपर भिडभाड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले एक सूचना जारी गर्दै आजबाट सुरु हुने एनपीएल दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले टिकट नभएकाहरूलाई खेल स्थलको बाहिर भिडभाड नगर्न अनुरोध गरेको हो ।
यस्तै, टिकट नभएकाहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न अनुरोध गरेको छ ।
एनपीएलको पहिलो खेलमा आज साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच प्रतिष्पर्धा हुँदैछ । खेल दिउँसो ४ बजेबाट सुरू हुनेछ ।










