१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल

कोरानाको प्रभाव : स्कुलहरु बन्द गर्नुपर्ने कांग्रेस सांसदको माग

कोरानाको प्रभाव : स्कुलहरु बन्द गर्नुपर्ने कांग्रेस सांसदको माग
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्वनै त्रसित भईरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रधानले विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसलाई प्याण्डेमिक भनेर घोषणा गरिसकेको र प्याण्डेमिक प्रकृति भनेको विश्वभर एकसाथ फैलने रोग भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युरोपका सबै उडानलाई रोक लगाईसकेकाले नेपालले पनि यसतर्फ थप सर्तकता अपनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । सरकारले अहिले पनि संसदलाई निरन्तर चलाईराख्न नहुने तर्क उहाँले गर्नुभयो । त्यसैगरी ठूलो भीड जम्मा हुने स्थानहरुलाई तत्काल बन्द गर्न पनि उहाँले सुझाव दिनुभयो । समयमै सर्तकता अपनाउन नसके मुलुकले ठूलो मानविय क्षति व्यहोर्नुपर्ने भन्दै उहाँले यस तर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “जहाँ भीडभाड हुन्छ, जहाजमा, स्कुलमा, बसमा, जहा मास ग्यादरिङ हुन्छ त्यो ठाउँमा संक्रमण हुन सक्ने अवस्था भएकाले यस्तो ठाउँमा सरकारले तुरुन्तै बन्देज लगाउनुपर्यो । स्कुलहरु बन्द गर्नुपर्यो । यदि हामीकहा यो संक्रमण रोगले भ्यायो भने हामी संग केही पनि पुर्वाधार छैन रोक्नलाई । अमेरिका त्रसित छन् । युरोप त्रसित छन् । नेपालसंग केही पनि छैन । सरकार के हेरेर बसेको छ यो अवस्थामा । त्यसैले सरकारले चाडो भन्दा चाडो एक्सनमा आएर संसद पनि बन्द गर्नुपर्यो । र तमाम स्कुलहरु जहा मास ग्यादरिङ्ग हुन्छ । त्यो ठाउँ रोक्न सकेन भने यसबाट आउने भयाभव स्थिति नेपालले रोक्न सक्दैन । धेरै मान्छेको मृत्यु हुन सक्ने संभावना छ । ”

अर्का सांसद भरत कुमार शाहले कोरोनाको संक्रमणको जोखिम बढीरहेका बेला संसद बैठक संञ्चालन भईरहेको भन्दै बैठक स्थगित गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामबहादुर विष्टले विश्व स्वाथ्य संगठनले नेपाललाई कोरोना संक्रमणको अत्याधिक जोखिममा रहेको भनेको स्मरण गराउदै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । कोरोना संक्रमणको त्रास संगै बजारमा औषधि, मास्क लगायत , दैनिक उपभोग्य सामान पाउन छोडेएको भन्दै उहाँले भन्नुभयो “एक लाख मास्क चाईना पठाउन हतार गर्ने यो सरकार आफैलाई चाहिदा कता अलमलिएको छ म जान्न चाहन्छु । ”

त्यसैगरी शुन्य समयमा बोल्ने अन्य सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद बिमला नेपालीले संविधानको धारा ४० मा दलितको हकको व्यवस्था भएको र उपधारा २ मा प्राथमिक देखि उच्चशिक्षा सम्म निशुल्क शिक्षा दिने व्यवस्था गरिएपनि कार्यान्वयन नभएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । २०५४ सालमा स्थापना गरिएको उपेक्षित, उत्पीडीत र दलित वर्ग उत्थान समितिले उच्च शिक्षामा अध्ययनरत गरिब तथा जेहेन्दार दलित समुदायका विद्यार्थीलाई दिदै आएको छात्रवृत्ति वर्तमान सरकार गठन भएदेखि खोसिएको स्मरण गराउदै उहाँले विपन्न विद्यार्थीका लागि १ अर्बको छात्रवृत्तिमा १७ करोड मात्रै वितरण गरिएको भन्ने समाचारले आम दलित समुदायका विपन्न दलित विद्यार्थीलाई अत्यन्तै ठूलो चोट पुगेको भन्दै सहज ढंगबाट छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था सुनिश्चित गराईयोस् भनी सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसदख भरत कुमार शाहले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटिसकेको बताएपनि बयरघाट, कावासोती, हेटौडा लगायतमा पैसा उठाउने काम कायमै रहेको भन्दै गैह् कानुनी रुपमा राखिएको ढाट हटाई सिण्डिकेटको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सासंद मिना सुब्बाले निर्मला हत्या प्रकरण, सुन तस्करी, महिलामाथिको दुर्रव्यवहार लगायत प्रहरीका व्यवहारले नेपाल प्रहरी पछिल्लो समय बदनाम बन्दै गएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सासद मिन बहादुर विश्वकर्माले जातिय भेदभाव र छुवाछुत बढ्दै गएको र अनुगमन गर्ने निकाय राष्ट्रिय दलित आयोग र दलित परिषद् अहिलेसम्म गठन हुन नसकेको भन्दै तत्काल यी समितिहरु गठन गर्न माग गर्नुभयो ।