काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सचिव हाल सेवानिवृत्त अर्जुन कार्कीलाई पक्राउ गरेको छ । कार्कीलाई आइतबार साँझ पक्राउ गरेको सीआईबी जनाएको छ ।
कार्कीलाई पनि ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ गरेको सिआइबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौताबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानका क्रममा कार्कीलाई पक्राउ गरेको हो सीआईबीले यसअघि नेपाल ट्रष्टमा तत्कालिन कार्यरत सहसचिव हाल सेवानिवृत्त लेखबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ ।











