२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कोरोनासम्बन्धी तथ्यांक लुकायो : सांसद यादव



अ+ अ-

काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादवले कोरोना संक्रमणको जोखिम निम्तन नदिनका लागि सरकारले पर्याप्त सर्तकता अपनाउन नसकेको भन्दै त्यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्द उहाँले छिमेकी मुलुक भारतले पनि उडानहरु रद्द गर्ने निर्णय गरिसकेको, सबै मुलुकले विमानस्थलमा जाँच गर्ने र जोखिमयुक्त मुलुकबाट आउनेलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिरहदाँ नेपाल सरकारले भने लापरवाही गरेको आरोप लगाउनुभयो । उहाँले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका चिनिया कामदार केहीलाई क्वारेन्टायनमा राखेको भन्ने खबर आएको भन्दै त्यसबारे स्पष्ट पार्न सरकारकाको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “सरकारले धेरै सुचना लुगाईरहेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका केही चीनिया कर्मचारीलाई कोरोना संक्रमण भएको सूचना आएको छ । हो के त्यहाँ ? सरकारसंग म यो कुराको स्पष्ट पार्न माग गर्न चाहन्छु । त्यहाँ केही सात आठ जना चिनिया कर्मचारीलाई क्वारेन्टाईनमा राखिएको छ । वास्तविक कुरा के हो ? नेपाली कामदारहरु घर बसिरहेका छन् डरले । तर कुनै कुरा बाहिर आएको छैन । सरकारले कुरा लुकाईरहेको छ । ”

उहाँले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा ३० प्रतिशतले कमि आउँदा पनि नेपालमा भने पेट्रोलियम पदार्थको मुल्य समायोजन नगरिएको प्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “सरकारले उपभोक्ता ठग्ने काम गरिरहेको छ । सरकारसंग पैसा छैन भने देशलाई इमरजेन्सी घोषणा गरोस् । कि त पेट्रोलियम पदार्थको पैसा घटाओस् ।”