काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादवले कोरोना संक्रमणको जोखिम निम्तन नदिनका लागि सरकारले पर्याप्त सर्तकता अपनाउन नसकेको भन्दै त्यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्द उहाँले छिमेकी मुलुक भारतले पनि उडानहरु रद्द गर्ने निर्णय गरिसकेको, सबै मुलुकले विमानस्थलमा जाँच गर्ने र जोखिमयुक्त मुलुकबाट आउनेलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिरहदाँ नेपाल सरकारले भने लापरवाही गरेको आरोप लगाउनुभयो । उहाँले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका चिनिया कामदार केहीलाई क्वारेन्टायनमा राखेको भन्ने खबर आएको भन्दै त्यसबारे स्पष्ट पार्न सरकारकाको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो “सरकारले धेरै सुचना लुगाईरहेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका केही चीनिया कर्मचारीलाई कोरोना संक्रमण भएको सूचना आएको छ । हो के त्यहाँ ? सरकारसंग म यो कुराको स्पष्ट पार्न माग गर्न चाहन्छु । त्यहाँ केही सात आठ जना चिनिया कर्मचारीलाई क्वारेन्टाईनमा राखिएको छ । वास्तविक कुरा के हो ? नेपाली कामदारहरु घर बसिरहेका छन् डरले । तर कुनै कुरा बाहिर आएको छैन । सरकारले कुरा लुकाईरहेको छ । ”
उहाँले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा ३० प्रतिशतले कमि आउँदा पनि नेपालमा भने पेट्रोलियम पदार्थको मुल्य समायोजन नगरिएको प्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो “सरकारले उपभोक्ता ठग्ने काम गरिरहेको छ । सरकारसंग पैसा छैन भने देशलाई इमरजेन्सी घोषणा गरोस् । कि त पेट्रोलियम पदार्थको पैसा घटाओस् ।”