१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

मुद्दा दर्ता भएको भए…

मुद्दा दर्ता भएको भए…
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामका डम्बर चन्दले गत फागुन २२ गते सहोदर दाजु गणेश चन्दलाई चिरपटले हानेर घाइते बनाए । प्रहरीलाई खबर गरेपछि सोही दिन कुटपिट गर्ने चन्द प्रहरी नियन्त्रणमा पुगे । कुटपिट भएको दोस्रो दिन फागुन २३ गते भाइको कुटाइबाट घाइते भएका गणेश ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुग्नुभयो ।

चन्दको मुद्दा सुनुवाइ नभएको एक साता नबित्दै कुटपिट गर्ने डम्बरले बुधबार साँझ आफ्नै छोरा १४ वर्षीय सुर्वणको हत्या गरेका छन् । लामो समयदेखि मादक पदार्थ सेवन गरेर घरेलु हिंसा गर्दै आएका अभियुक्त डम्बरले छोराको घाँटीमा कैँची प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

“मलाई कुटपिट गर्दा प्रहरीले जाहेरी लिएर कारवाही बढाएको भए आज यत्रो घटना हुने थिएन”, हत्या गरिएका सुर्वणका जेठाबुबा गणेशले भन्नुभयो, “जनप्रतिनिधिलाई फोन गर्दा प्रहरीलाई भन्नुस् भनेर वास्ता गरेनन् ।” बुधबार साँझ बुबाको आक्रमणबाट घाइते भएका चन्दलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयवासीले बिहीबार भीमदत्तनगरपालिका–२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । “वडा प्रतिनिधिले घटना हुँदा कुनै चासो र चिन्ता नलिएको भन्दै वडामा आक्रोश व्यक्त गरे”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कशनानन्द भट्टले भन्नुभयो, “अभियुक्त डम्बर पक्राउ परिसकेका छन् ।”

उहाँले सुवर्णको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका अभियुक्त डम्बरले दाजु गणेशलाई भन्दै छोराको हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले हत्याका अभियुक्त पक्राउ परिसकेको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरी प्रवक्ता पौडेलले गत फागुन २२ गते चन्द दाजुभाइको कुटपिट घटनामा प्रहरीले सूचनाका आधारमा डम्बरलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

“हामीले दुवै दाजुभाइको स्वास्थ्य परीक्षण गराएर प्रक्रिया अगाडि बढाउँदै गर्दा डम्बरले मादक पदार्थ सेवन गरेको भेटिएपछि हिरासतमा राख्यौँ”, पौडेलले भन्नुभयो, “जाँच गर्दै जाँदा डम्बरको शरीरमा पनि नीलडाम देखिएपछि उहाँकी श्रीमतीको रहोवरमा उपचारका लागि पठाएका थियौँ ।”

उहाँले उक्त कुटपिटको घटना पनि प्रहरी अनुसन्धानमै रहेको बताउनुभयो । “गणेश चन्दले आफू कुटिए भन्दै ज्यान मार्ने उद्योगमा मुद्दा ल्याएर आउनुभएको थियो”, उहाँले भन्नुभयो, “तर जाहेरीमा हस्ताक्षर थिएन, पछि प्रहरीमा आउनुभएन ।”

प्रवक्ता पौडेलले डम्बरलाई गत फागुन २३ गते उपचारका लागि श्रीमतीको जिम्मा लगाएको जानकारी दिनुभयो । “डम्बरको विरुद्धमा प्रहरीमा पुगेको जाहेरी दर्ता भएको भए आज सुवर्णले ज्यान गुमाउनु पर्थेन कि भन्ने हो ।” उल्टाखामका एक स्थानीयवासीले भन्नुभयो, “प्रहरीले जाहेरीलाई गम्भीररूपमा नलिँदा डम्बरले घटना घटाए ।”