२२ श्रावण २०८३, शुक्रबार
,
Latest
आदिवासी जनजाति र सीमान्तकृतका लागि वागमती प्रदेश सरकार अभिभावक बन्नेछः मुख्यमन्त्री बानियाँ रोजगारी सिर्जनाका लागि सरकार–निजी क्षेत्र सहकार्य गर्ने राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै सुनचाँदीको मूल्यमा सामान्य वृद्धि सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि, अधिकार प्रत्यायोजन गर्न माग चीन र दक्षिण एसियाबीच सहकार्य विस्तारमा नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्छ : परराष्ट्रमन्त्री… सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश रहेका नागरिकलाई मतदानमा सहभागि गराउने विकल्पसहित सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी



अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रवासमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउने विषयमा नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रधानमन्त्री कार्यालयले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउने विषयमा विकल्पसहित सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी दिइएको बताउनुभएको हो ।

उहाँकाअनुसार आसन्न निर्वाचनका लागि संशोधन गर्नुपर्ने कानूनका सन्दर्भमा कानून मन्त्रालयसँग छलफल चलिरहेको छ । उहाँले निर्वाचनमा शान्ती सुरक्षाको अवस्थाबारे अध्ययन गर्न गठित एकीकृत सुरक्षा योजना तर्जुमा कार्यदलले समेत प्रतिवेदन बुझाइसकेको बताउनु भयो । उक्त प्रतिवेदन केन्द्रिय सुरक्षा समितिबाट स्वीकृत भइसकेपटि जिम्मेवारी बाँडफाँड गरिने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अगामी प्रतिनिधि सभा निर्वाचनको लागि कानूनी विषयमा हामीले कानून मन्त्रालयसँग छलफल गरिरहेका छौं । विदेशबाट हुने मतदानको विषयमा कुन तहसम्म सम्भावना छ भन्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नीति अनुसन्धान प्रतिष्ठानलाई यो विषयमा अध्ययन गरेर सरकारलाई विकल्पसहितको सुझाव दिन भनेको छ । प्रतिष्ठानले काम गरिरहेको अवस्था छ । निर्वाचनको लागि शान्ती सुरक्षाको विषयमा केन्द्रिय सुरक्षा समितिले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत सुरक्षा योजना तर्जुमा कार्यदल गठन गरेको थियो । त्यो कार्यदललले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । त्यो कार्ययोजना केन्द्रिय सुरक्षा समितिबाट स्वीकृत भइसकेपछि कुन निकालाई कुन स्रोत र सामग्रिसहित परिचालन गर्ने भन्ने विषयको टुंगो लाग्छ । राजनीतिक दलहरुसँग पनि सुरक्षाको विषयमा परामर्शको कामहरु भइरहेको छ ।’

उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणामा निर्वाचन सम्पन्न गराउन राजनीतिक दलहरुसँग समेत परामर्श गइरहेको बताउनु भयो ।