२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश रहेका नागरिकलाई मतदानमा सहभागि गराउने विकल्पसहित सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी



अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रवासमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउने विषयमा नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रधानमन्त्री कार्यालयले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउने विषयमा विकल्पसहित सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी दिइएको बताउनुभएको हो ।

उहाँकाअनुसार आसन्न निर्वाचनका लागि संशोधन गर्नुपर्ने कानूनका सन्दर्भमा कानून मन्त्रालयसँग छलफल चलिरहेको छ । उहाँले निर्वाचनमा शान्ती सुरक्षाको अवस्थाबारे अध्ययन गर्न गठित एकीकृत सुरक्षा योजना तर्जुमा कार्यदलले समेत प्रतिवेदन बुझाइसकेको बताउनु भयो । उक्त प्रतिवेदन केन्द्रिय सुरक्षा समितिबाट स्वीकृत भइसकेपटि जिम्मेवारी बाँडफाँड गरिने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अगामी प्रतिनिधि सभा निर्वाचनको लागि कानूनी विषयमा हामीले कानून मन्त्रालयसँग छलफल गरिरहेका छौं । विदेशबाट हुने मतदानको विषयमा कुन तहसम्म सम्भावना छ भन्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नीति अनुसन्धान प्रतिष्ठानलाई यो विषयमा अध्ययन गरेर सरकारलाई विकल्पसहितको सुझाव दिन भनेको छ । प्रतिष्ठानले काम गरिरहेको अवस्था छ । निर्वाचनको लागि शान्ती सुरक्षाको विषयमा केन्द्रिय सुरक्षा समितिले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत सुरक्षा योजना तर्जुमा कार्यदल गठन गरेको थियो । त्यो कार्यदललले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । त्यो कार्ययोजना केन्द्रिय सुरक्षा समितिबाट स्वीकृत भइसकेपछि कुन निकालाई कुन स्रोत र सामग्रिसहित परिचालन गर्ने भन्ने विषयको टुंगो लाग्छ । राजनीतिक दलहरुसँग पनि सुरक्षाको विषयमा परामर्शको कामहरु भइरहेको छ ।’

उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणामा निर्वाचन सम्पन्न गराउन राजनीतिक दलहरुसँग समेत परामर्श गइरहेको बताउनु भयो ।